आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार सक्रिय छ : प्रधानमन्त्री « Khabarhub

आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार सक्रिय छ : प्रधानमन्त्री


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजाजतिको राष्ट्रिय जीवनका विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको बताएका छन्।

२६ औ‌ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपालको संविधान र प्रचलित कानूनअनुसार सम्पूर्ण आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा सफल बनाउन सम्पूर्ण समुदायलाई समान अवसर, सुरक्षा, न्यायको प्रत्याभूति गर्ने नीति राज्यले लिएको बताए।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्ने लक्ष्य तय भएकामा महामारीपछि नेपाललगायत विश्वमै नागरिकको स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा खडा भएको चुनौतीको सामना गर्दै सरकार अग्रसर भएको स्पष्ट गए।

उनले कोभिड–१९ को संक्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आआफ्ना स्थानमा रहेर दिवस मनाउन पनि सबैमा आह्वान गरे।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ३ : १४ बजे

योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता र

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आजको

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव