कलाकारहरु आफ्नो परिश्रम र क्षमताले कलाकार भएका हुन्: ऋचा « Khabarhub

कलाकारहरु आफ्नो परिश्रम र क्षमताले कलाकार भएका हुन्: ऋचा


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक प्रस्तोताले टेलिभिजन कार्यक्रममार्फत कलाकार पूजा शर्मालाई ‘दाह्रा भएकी महानायिका’ भन्दै टिप्पणी गरेपछि कलाकारहरुले विरोध जनाउन थालेका छन् ।

रंग पत्रकार प्रकाश सुवेदीले कलाकार शर्माको शारीरिक बनावटलाई लिएर टिप्पणी गरेको विषयमा कलाकार ऋचा शर्माले पनि अहसमति जनाएकी छिन् ।

उनले कलाकारहरु आफ्नो परिश्रम र क्षमताले कलाकार भएको र कसैले महानायिका बनाउन नपर्ने पनि बताएकी छिन् ।

‘एउटी अभिनेत्री र त्योभन्दा पहिले एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनुपर्ने, समाजमा अटाउन कस्तो देखिनुपर्ने, कस्तो लगाउनुपर्ने? कसरी हिँड्नु, बोल्नु, खानुपर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाइएको देख्दा आक्रोश, हिनता र अस्थिरताले सताउँछ,’ ऋचा भन्छिन् ।

उनले ‘रजतपट’ भनेको चलचित्र घरको पर्दा भएको र अहिले यो पर्दा मैलो हुँदै गएको बताएकी छिन् । ‘मैले बुझेको रजतपटको अर्थ – चलचित्र घरको पर्दा हो । तर हिजो आज मैलो हुदै गएको छ, सायद धुने बेला आएको छ, सायद फेर्ने बेला आएको छ,’ उनी भन्छिन् ।

प्रकाश सुवेदीले सञ्चालन गर्ने कार्यक्रमको नाम ‘रजतपट’ हो ।

ऋचाले अन्तर्वार्ताकारलाई इंगित गर्दै भनेकी छिन्, ‘जब–जब मान्छेले आफूलाई संरक्षक कहलाई अहंकार र अभिमानको बाटो रोजेका छन्, ठूल्ठूला मै हुँ भन्नेले पनि गद्दी छोड्नुपरेको छ ।’

प्रकाश सुवेदीले एक कार्यक्रममा कलाकार पूजा शर्मालाई ‘दाह्रा भएकी नायिकालाई महानायिका’ भनिदिनुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए ।

उनको उक्त अभिव्यक्तिपछि कलाकारहरुले विरोध गरेका हुन् । कलाकारले कसैलाई पनि होच्याएर बोल्न नहुने बताएका छन् ।

पूजा शर्माका अनुसार आफू अन्तर्वार्तामा नगएका कारण प्रकाश सुवेदीले कार्यक्रममार्फत उनलाई इंगित गर्दै ‘दाह्रा भएकी महानायिका’ भनेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ३ : ३८ बजे

बंगालको खाडीमा बन्दै शक्तिशाली मौसमी प्रणाली, आज राति आन्ध्र-ओडिशा तटमा पुग्ने

नयाँदिल्ली- बंगालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ पछिल्लो ६ घण्टामा प्रतिघण्टा

प्राधिकरणमा पदभार ग्रहण गर्दै दीर्घायुको पहिलो बचन : बिजुली कटौती हुन दिँदैनौँ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले

नेता थापा भन्छन् : एमालेविरुद्ध चलाइएको भ्रमको पर्दा च्यातियो

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले एमाले विरुद्धको भाष्यको

त्रिपुरेश्वर आत्मदाह घटनाको निष्पक्ष छानबिन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैँडा जोगिएको आज एक