कलाकारहरु आफ्नो परिश्रम र क्षमताले कलाकार भएका हुन्: ऋचा | Khabarhub Khabarhub

कलाकारहरु आफ्नो परिश्रम र क्षमताले कलाकार भएका हुन्: ऋचा


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक प्रस्तोताले टेलिभिजन कार्यक्रममार्फत कलाकार पूजा शर्मालाई ‘दाह्रा भएकी महानायिका’ भन्दै टिप्पणी गरेपछि कलाकारहरुले विरोध जनाउन थालेका छन् ।

रंग पत्रकार प्रकाश सुवेदीले कलाकार शर्माको शारीरिक बनावटलाई लिएर टिप्पणी गरेको विषयमा कलाकार ऋचा शर्माले पनि अहसमति जनाएकी छिन् ।

उनले कलाकारहरु आफ्नो परिश्रम र क्षमताले कलाकार भएको र कसैले महानायिका बनाउन नपर्ने पनि बताएकी छिन् ।

‘एउटी अभिनेत्री र त्योभन्दा पहिले एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनुपर्ने, समाजमा अटाउन कस्तो देखिनुपर्ने, कस्तो लगाउनुपर्ने? कसरी हिँड्नु, बोल्नु, खानुपर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाइएको देख्दा आक्रोश, हिनता र अस्थिरताले सताउँछ,’ ऋचा भन्छिन् ।

उनले ‘रजतपट’ भनेको चलचित्र घरको पर्दा भएको र अहिले यो पर्दा मैलो हुँदै गएको बताएकी छिन् । ‘मैले बुझेको रजतपटको अर्थ – चलचित्र घरको पर्दा हो । तर हिजो आज मैलो हुदै गएको छ, सायद धुने बेला आएको छ, सायद फेर्ने बेला आएको छ,’ उनी भन्छिन् ।

प्रकाश सुवेदीले सञ्चालन गर्ने कार्यक्रमको नाम ‘रजतपट’ हो ।

ऋचाले अन्तर्वार्ताकारलाई इंगित गर्दै भनेकी छिन्, ‘जब–जब मान्छेले आफूलाई संरक्षक कहलाई अहंकार र अभिमानको बाटो रोजेका छन्, ठूल्ठूला मै हुँ भन्नेले पनि गद्दी छोड्नुपरेको छ ।’

प्रकाश सुवेदीले एक कार्यक्रममा कलाकार पूजा शर्मालाई ‘दाह्रा भएकी नायिकालाई महानायिका’ भनिदिनुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए ।

उनको उक्त अभिव्यक्तिपछि कलाकारहरुले विरोध गरेका हुन् । कलाकारले कसैलाई पनि होच्याएर बोल्न नहुने बताएका छन् ।

पूजा शर्माका अनुसार आफू अन्तर्वार्तामा नगएका कारण प्रकाश सुवेदीले कार्यक्रममार्फत उनलाई इंगित गर्दै ‘दाह्रा भएकी महानायिका’ भनेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ३ : ३८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग