रोनाल्डो पीएसजी जाने हल्ला ! « Khabarhub

रोनाल्डो पीएसजी जाने हल्ला !


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यो सिजनको फुटबल समापन भइरहँदा खेलाडीहरु एक अर्को क्लब जाने हल्ला सुरु भएको छ ।

सिजनको समाप्तिसँगै  खेलाडीलाई क्लबसँगको सम्झौतामा एक अर्का टिममा आवद्ध हुने गरेका छन् ।

यस्तैमा अहिले विश्व चर्चित फुटबलर पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सरुवाको हल्ला चलेको छ ।

रोनाल्डो इटालीबाट फ्रान्स जाने तयारीमा रहेको हल्ला यतिबेला शुरु भएको छ ।

युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएसँगै रोनाल्डो इटाली छाड्ने हल्ला चलेको हो । अहिले उनी पेरिस सेन्ट जर्मन (पीएसजी) मा जाने हल्ला चलेको छ ।

फुट मार्काटोलाई उद्धत गर्दै गोलले लेखेको छ, ‘क्रिष्टियानो रोनाल्डो युभेन्ट्स छाड्नेबारे सोचिरहेका छन् । उनी पीएसजी जानेछन् ।’

च्याम्पियन्स लिग क्लबको प्रदर्शनलाई लिएर चिन्तित बनेका रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेस र पीएसजीका खेलकुद निर्देशक लियानार्दोबीच पोर्चुगलमा छलफल भएको समाचारमा बताइएको छ ।

३५ वर्षीय रोनाल्डोले यो सिजनमा ४५ खेलमा ३७ गोल गरेका छन् । रोनाल्डो २०१८ मा स्पेनिस महारथी रियल मड्रिडबाट इटाली पुगेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : ५८ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ