लामो दूरीको यातायात र उडान भदौ १ मा पनि नखोल्न सीसीएमसीको सिफारिस, निर्णय मन्त्रिपरिषदले गर्ने « Khabarhub

लामो दूरीको यातायात र उडान भदौ १ मा पनि नखोल्न सीसीएमसीको सिफारिस, निर्णय मन्त्रिपरिषदले गर्ने


२५ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउन अन्त्य भएको घोषणा गरिएयताका १९ दिनमा झण्डै ५ हजार कोरोना संक्रमित थपिएपछि भदौ १ मा पनि लामो दूरीका यातायात तथा हवाई उडान सञ्चालनको अनुमति नदिन कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले सरकारलाई सिफारिस गरेको छ ।

आइतबार बसेको बैठकले कम्तिमा १५ दिनका लागि ती सेवा स्थगित गर्ने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

तर, कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र भदौ १५ सम्म नखोल्ने प्रस्ताव तयार पारेको हो ।

बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव गरेको छ । यसबारे औपचारिक निर्णय भने सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने बताइएको छ ।

बैठकले स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टिन स्थलहरु व्यवस्था गर्ने निर्णय गरेको छ । साउन ६ गते लकडाउन अन्त्यको घोषणा हुँदा १७ हजार ९९४ जना संक्रमित भएकोमा आइतबार ( २५ साउनमा) संक्रमित संख्या २२ हजार ९७२ पुगेका छन् । यस्तै लकडाउन अन्त्य हुनुपूर्व कोरोनाले ४० जनाको मृत्यु भएकोमा १९ दिनकाबीचमा थप ३५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ९ : १९ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ भने दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित