आज २०७७ भदौ २४ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०७७ भदौ २४ गते बुधबारको राशिफल


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ भदौ २४ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योजना बन्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठुला व्यक्तिले तपाईंका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक साथ र सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आकस्मिक धन लाभपनि हुनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आत्मिक सन्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तिर्थाटनको योगपनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन प्रतिकूल समयछ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : १० बजे

विद्युत् प्राधिकरणले ६ ठूला उद्योगको लाइन काट्यो, थप उद्योगको पनि काट्ने तयारी

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ६ वटा ठूला उद्योगको लाइन मंगलबार

इलामका बाढी प्रभावितलाई पाकिस्तानी दूतावासको सहयोग

काठमाडौं– नेपालका लागि पाकिस्तानी दूतावासले ‘नेपाल–पाकिस्तान युवा परिषद्’सँगको सहकार्यमा इलामका

निर्वाचनको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्रीले राजनीतिक दलका नेतासँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय

५३ जना मृतकका परिवारलाई जनही १५ लाख, घाइतेका लागि ४८ लाख ५८ हजार निकासा

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले

जापानको सेयर बजारमा उछाल, निक्केई सूचकाङ्क ५० हजार नजिक

बैंकक– एशियाका प्रमुख सेयर बजारहरूमा मंगलबार उल्लेखनीय वृद्धि भएको छ। जापानको