कसरी सर्वाधिक धनी बने बेजोस « Khabarhub

कसरी सर्वाधिक धनी बने बेजोस


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वको एक नम्बर अनलाईन सपिङ अमेजनका संस्थापक र सीईओ जेफ बेजोस विश्वका सबैभन्दा धनी मानिस हुन् । यो बिषयको जानकारी कतिपयलाई थाहा हुनसक्छ तर उनीहरुको सम्पतीको रेकर्डबारे तपाईंलाई जानकारी छ ?

अमेजनका संस्थापक जेफ बेजोस रेकर्ड बनाउनमा चर्चित बनिसकेका छन् । कहिले उनको चर्चा डिर्भोसपछि श्रीमतीलाई अमेजनको ठुलो हिस्सा दिएकोमा बन्यो त कहिले लकडाउनमा सबैभन्दा बढि कमाउने ब्यक्तिका रुपमा । त्यसैले उनी आधुनिक इतिहासका २ सय अरब डलर सम्पती आर्जन गर्ने पहिलो ब्यक्ति बनेका छन् ।

फोर्ब्सका अनुसार अमेजनको स्टक प्राइज ३ प्रतिशतसम्म बढ्नासाथ जेफ बेजोसको नेट वर्थ ४.९ अर्ब डलरले बढेको छ । जहाँ अमेजनमा जेफ बेजोस ११.१ प्रतिशत स्टेक्सका मालिक हुन् । उनकी पूर्व पत्नी ३.८ प्रतिशतकी मालिक हुन् ।

कुनै बेला विश्वको सबैभन्दा धनी मानिसको रेकर्ड बनाउने बिल गेट्स अब दोश्रो स्थानमा झरेका छन् । फोर्ब्सका अनुसार जेफ बेजोसको कुल सम्पती २०४.६ अर्ब डलर छ।

जो बिल गेट्सको कुल सम्पतीभन्दा ९० अर्ब डलर बढि हो । हाल बिल गेट्सको कुल सम्पती ११६.१ अर्ब डलर रहेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्ग विश्वको तेश्रो धनी मानिस हुन् । उनको कुल सम्पती १०३.१ अर्ब डलर रहेको छ ।

जेफ बेजोसी पत्नीसंग पनि धनी महिलाको सूचीमा परेकी छन् । हाल उनको सम्पती ६३ अर्ब डलर पुगेको छ । उनी विश्वको दोस्रो धनी महिला हुन् ।

उनलाई लारियल कम्पनीकी मालिक फ्रैन्कोइस बेटनकोर्ट मियर्सले पछि पारेकी छन् । मियर्स विश्वको धनी महिला हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : ४७ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका