बुटबल उपमहानगरका आँखा बेसहारातिर, सडकबाट उठाएर पीसीआर परीक्षण « Khabarhub

बुटबल उपमहानगरका आँखा बेसहारातिर, सडकबाट उठाएर पीसीआर परीक्षण



बटवल- बुटवल उपमहानगरपालिकाले सडकमा दिनरात बिताउने बेसहाराको उद्धार गरी उनीहरूको निःशुल्क पीसीआर परीक्षण गर्न थालेको छ ।

बुटवल नगरलाई सडकमानवमुक्त घोषणा गरिसकिएको छ । त्यसयता नगरले सडकमा फेला बेसहारा र सहयोगापेक्षीलाई तत्काल उद्धार गर्ने गरेको छ ।

आफन्तविहीन भएर सडकमा बेबारिसे भएका बेसहाराहरूलाई कोरोना संक्रमण हुनसक्ने र अरूलाई पनि सार्न सक्ने भएकाले जीवन रक्षाको उद्देश्यले पीसीआर परीक्षण सुरु गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

उनका अनुसार लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसहाराहरूको उद्धार गरी उनीहरूलाई बुटवलस्थित मानव सेवा आश्रममा पठाएको छ ।

यीमध्ये आठ जनाको पीसीआर परीक्षण गरिएको छ । उनीहरूको रिपोर्ट आइसकेको छैन । उनीहरूलाई अलग्गै राख्ने व्यवस्था मिलाइएको छ । नगरप्रमुख सुवेदीका अनुसार बुटवलभित्र अशक्त र रोगीहरूलाई कोरोनाको जोखिममा पर्न नदिने उद्देश्य रहेको छ ।

आठ जनाको स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको छ । रिर्पोट नआउन्जेल उनीहरु आइसोलेशनमा राखिएका छन् । उनीहरूमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीका अनुसार बुटवल उपमहानगरले सहयोगापेक्षीहरूको उद्धार र व्यवस्थापनमा सहयोग गरेको छ । उनका अनुसार लकडाउनको अवधिमा बुटवल क्षेत्रबाट २८ जनासहित प्रदेश ५ भरिबाट ४५ जनाको उद्धार गरिएको छ । प्रदेशभरिमा बुटवलमा प्रभावकारी र नमुना काम भइरहेको उनको भनाइ छ ।

बुटवल उपमहानगरले कोरोना महामारीबाट नागरिकलाई बचाउन पीसीआर परीक्षणको दायरा फराकिलो बनाइएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । बुटलमा लैङ्गिक हिंसामुक्त नगरको कार्ययोजना अनुरूपका पनि काम भइरहेको उनको भनाइ छ ।

बुटवल उपमहानगरले मिर्गौलाको रोगका कारण डायलासिस गराउनुपर्नेहरूको र क्यान्सर रोगीहरूको पनि निःशुल्क पीसीआर परीक्षण गरिसकेको छ । यसलाई पनि रन्तरता दिने नगरले जनाएको छट । बुटवलको यो काम रुपन्देहीका पालिकाले पनि अनुशरण गर्न थालेका छन् ।

उपमहानगरले सडकमा रहेका बेसाहराहरू भएकारुहको पीसीआर परीक्षण सुरु गरेकोमा सराहना भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माको भनाइ छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ८ : ०९ बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान