बुटबल उपमहानगरका आँखा बेसहारातिर, सडकबाट उठाएर पीसीआर परीक्षण « Khabarhub

बुटबल उपमहानगरका आँखा बेसहारातिर, सडकबाट उठाएर पीसीआर परीक्षण



बटवल- बुटवल उपमहानगरपालिकाले सडकमा दिनरात बिताउने बेसहाराको उद्धार गरी उनीहरूको निःशुल्क पीसीआर परीक्षण गर्न थालेको छ ।

बुटवल नगरलाई सडकमानवमुक्त घोषणा गरिसकिएको छ । त्यसयता नगरले सडकमा फेला बेसहारा र सहयोगापेक्षीलाई तत्काल उद्धार गर्ने गरेको छ ।

आफन्तविहीन भएर सडकमा बेबारिसे भएका बेसहाराहरूलाई कोरोना संक्रमण हुनसक्ने र अरूलाई पनि सार्न सक्ने भएकाले जीवन रक्षाको उद्देश्यले पीसीआर परीक्षण सुरु गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

उनका अनुसार लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसहाराहरूको उद्धार गरी उनीहरूलाई बुटवलस्थित मानव सेवा आश्रममा पठाएको छ ।

यीमध्ये आठ जनाको पीसीआर परीक्षण गरिएको छ । उनीहरूको रिपोर्ट आइसकेको छैन । उनीहरूलाई अलग्गै राख्ने व्यवस्था मिलाइएको छ । नगरप्रमुख सुवेदीका अनुसार बुटवलभित्र अशक्त र रोगीहरूलाई कोरोनाको जोखिममा पर्न नदिने उद्देश्य रहेको छ ।

आठ जनाको स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको छ । रिर्पोट नआउन्जेल उनीहरु आइसोलेशनमा राखिएका छन् । उनीहरूमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीका अनुसार बुटवल उपमहानगरले सहयोगापेक्षीहरूको उद्धार र व्यवस्थापनमा सहयोग गरेको छ । उनका अनुसार लकडाउनको अवधिमा बुटवल क्षेत्रबाट २८ जनासहित प्रदेश ५ भरिबाट ४५ जनाको उद्धार गरिएको छ । प्रदेशभरिमा बुटवलमा प्रभावकारी र नमुना काम भइरहेको उनको भनाइ छ ।

बुटवल उपमहानगरले कोरोना महामारीबाट नागरिकलाई बचाउन पीसीआर परीक्षणको दायरा फराकिलो बनाइएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । बुटलमा लैङ्गिक हिंसामुक्त नगरको कार्ययोजना अनुरूपका पनि काम भइरहेको उनको भनाइ छ ।

बुटवल उपमहानगरले मिर्गौलाको रोगका कारण डायलासिस गराउनुपर्नेहरूको र क्यान्सर रोगीहरूको पनि निःशुल्क पीसीआर परीक्षण गरिसकेको छ । यसलाई पनि रन्तरता दिने नगरले जनाएको छट । बुटवलको यो काम रुपन्देहीका पालिकाले पनि अनुशरण गर्न थालेका छन् ।

उपमहानगरले सडकमा रहेका बेसाहराहरू भएकारुहको पीसीआर परीक्षण सुरु गरेकोमा सराहना भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माको भनाइ छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ८ : ०९ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति