बुटबल उपमहानगरका आँखा बेसहारातिर, सडकबाट उठाएर पीसीआर परीक्षण | Khabarhub Khabarhub

बुटबल उपमहानगरका आँखा बेसहारातिर, सडकबाट उठाएर पीसीआर परीक्षण



बटवल- बुटवल उपमहानगरपालिकाले सडकमा दिनरात बिताउने बेसहाराको उद्धार गरी उनीहरूको निःशुल्क पीसीआर परीक्षण गर्न थालेको छ ।

बुटवल नगरलाई सडकमानवमुक्त घोषणा गरिसकिएको छ । त्यसयता नगरले सडकमा फेला बेसहारा र सहयोगापेक्षीलाई तत्काल उद्धार गर्ने गरेको छ ।

आफन्तविहीन भएर सडकमा बेबारिसे भएका बेसहाराहरूलाई कोरोना संक्रमण हुनसक्ने र अरूलाई पनि सार्न सक्ने भएकाले जीवन रक्षाको उद्देश्यले पीसीआर परीक्षण सुरु गरेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

उनका अनुसार लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ जना बेसहाराहरूको उद्धार गरी उनीहरूलाई बुटवलस्थित मानव सेवा आश्रममा पठाएको छ ।

यीमध्ये आठ जनाको पीसीआर परीक्षण गरिएको छ । उनीहरूको रिपोर्ट आइसकेको छैन । उनीहरूलाई अलग्गै राख्ने व्यवस्था मिलाइएको छ । नगरप्रमुख सुवेदीका अनुसार बुटवलभित्र अशक्त र रोगीहरूलाई कोरोनाको जोखिममा पर्न नदिने उद्देश्य रहेको छ ।

आठ जनाको स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको छ । रिर्पोट नआउन्जेल उनीहरु आइसोलेशनमा राखिएका छन् । उनीहरूमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीका अनुसार बुटवल उपमहानगरले सहयोगापेक्षीहरूको उद्धार र व्यवस्थापनमा सहयोग गरेको छ । उनका अनुसार लकडाउनको अवधिमा बुटवल क्षेत्रबाट २८ जनासहित प्रदेश ५ भरिबाट ४५ जनाको उद्धार गरिएको छ । प्रदेशभरिमा बुटवलमा प्रभावकारी र नमुना काम भइरहेको उनको भनाइ छ ।

बुटवल उपमहानगरले कोरोना महामारीबाट नागरिकलाई बचाउन पीसीआर परीक्षणको दायरा फराकिलो बनाइएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । बुटलमा लैङ्गिक हिंसामुक्त नगरको कार्ययोजना अनुरूपका पनि काम भइरहेको उनको भनाइ छ ।

बुटवल उपमहानगरले मिर्गौलाको रोगका कारण डायलासिस गराउनुपर्नेहरूको र क्यान्सर रोगीहरूको पनि निःशुल्क पीसीआर परीक्षण गरिसकेको छ । यसलाई पनि रन्तरता दिने नगरले जनाएको छट । बुटवलको यो काम रुपन्देहीका पालिकाले पनि अनुशरण गर्न थालेका छन् ।

उपमहानगरले सडकमा रहेका बेसाहराहरू भएकारुहको पीसीआर परीक्षण सुरु गरेकोमा सराहना भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माको भनाइ छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ८ : ०९ बजे

पहिचानवादीलाई सुहाङले भने : नेपाल इन्द्रेणीको रङ जस्तै हो, सबै जातिको हित हेर्नुपर्छ

काठमाडौं – नेकपा एमाले इलाम क्षेत्र नं २ का नवनिर्वाचित

कमल थापा भन्छन्- ‘राष्ट्रवादी शक्तिहरू एकजुट भएर नयाँ शिराबाट सोच्नुपर्ने समय आयो’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रवादी शक्तिहरू एकजुट

हिमालबाट दुई टनभन्दा बढी फोहोर संकलन

काठमाडौं– सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट करिब २ टनभन्दा

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत

काठमाडौं-  यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान

इङ्ल्याण्डका आठ खेलाडीले आइपिएलका प्लेअफ खेल गुमाउने

काठमाडौं- हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका इङ्ल्याण्डका खेलाडी प्लेअफका