रोगभन्दा भोकको चिन्ता : रोजगारी खोज्दै भारत जाने बढे | Khabarhub Khabarhub

रोगभन्दा भोकको चिन्ता : रोजगारी खोज्दै भारत जाने बढे


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कोरोना संक्रमणपछि स्वदेश फर्केका युवा रोजगारीका लागि पुनः भारत जाने क्रम बढेको छ ।

स्वेदशमै रोजगारीको अवसर नहुँदा सुदूरपश्चिमका युवा कैलालीको गौरीफन्टा र कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी नाका हुँदै भारत जान थालेका छन् ।

स्थानीय युवा रोगले भन्दा भोकले पिरोल्न थालेको भन्दै भारत जान थालेका हुन् । लकडाउनमा नेपाल आएका डडेलधुराका दिवेश डैनी परिवार चलाउन समस्या भएपछि फेरि भारत लागेका छन् । गड्डाचौकी नाका हुँदै भारत जान लागेका उनले भने, ‘कोरोना भाइरसको महामारी फैलिएपछि स्वदेश फर्केको थिएँ, जीविकोपार्जनको कुनै उपाय नभएपछि रोजगारीका लागि गुजरात जाँदैछु ।’

कञ्चनपुरको बेलौरी नगरपालिका–३ का विनोद जोशी पनि सबै परिवार लिएर फेरि भारत लागेका छन् । उनी भारतको सीतारगञ्जमा व्यवसाय गरेर गुजारा गर्दै आएका थिए । यता आएपछि हातमुख जोर्नै समस्या भएको भन्दै उनी पनि परिवारसहित भारत हिँडेका हुन् ।

विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन भए पनि ठाउँ–ठाउँमा सुरक्षाकर्मीलाई अनुरोध गर्दै, महँगो भाडा तिरेरै भए पनि युवाहरू नाकासम्म पुगिरहेका छन् । एक सातायता भारत जानेको लर्को बढेको गड्डाचौकी नाका सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक रामबहादुर बमले बताए।

उनका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्ला, प्रदेश ४ का बाँके, बर्दिया र सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र पहाडी जिल्लाबाट कामको खोजीमा दिनहुँ ६०/७० जना भारत पसिरहेका छन् । उनले भने, ‘गड्डाचौकी नाका भएर दैनिक ६०/७० को संख्यामा युवा भारत जान थालेका छन् । सोमबार मात्र ६३ जना युवा भारत गएका छन् । अहिले भारतबाट भित्रिनेभन्दा त्यता जानेको संख्या बढेको छ ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार पछिल्लो एक सातामा मात्रै १ हजार ११८ जना गौरीफन्टा नाका र ३५० जना नेपाली गड्डाचौकी नाका भएर भारत पसेका छन् ।

सरकारले भारतबाट फर्किएका युवा जनशक्तिलाई स्वदेशमै रोजगार बनाउने किसिमले सम्बोधन गर्न नसक्दा हातमुख जोर्नकै लागि भारत जानुपर्ने बाध्यता आइपरेको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल बताउँछन् ।

उनले कोरोना संक्रमणपछि ठूलो जनशक्ति स्वदेश भित्रिएको तर त्यसको व्यवस्थापनमा सरकार चुकेको बताए । युवा परिचालन गर्ने अवसरबाट सरकार चुकेको उनले बताए ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ८ : ४६ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी