तपाईंलाई चक्कर वा रिँगटा लाग्छ ? यसरी जोगिनुहोस् « Khabarhub

तपाईंलाई चक्कर वा रिँगटा लाग्छ ? यसरी जोगिनुहोस्


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहिँ बसेको स्थानबाट जुरुक्क उठ्दा वा खानाको तालमेल नहुदा वा लामो दुरीको यात्रा गर्दा मानिसलाई रिँगटा लाग्ने गर्दछ । यो बाहेक अन्य अवस्थामा पनि रिँगटा लाग्दछ ।
रिँगटा लाग्दा चारैतिरै घुमेको जस्तो हुन्छ ।

रिँगटा लाग्ने बिभिन्न कारणहरु हुने गर्दछन् । रगतको कमी, रक्तचापको स्तर घटबढ, शारीरिक वा मानसिक थकान, डरका कारणले पनि रिँगटा लाग्दछ । यस बाहेक आँखाको कमजोरी, खानेकुरा तथा औषधिको एलर्जी, ब्रत बस्दा कमजोर भएर वा अत्याधिक मादक पदार्थको सेवनले पनि रिंगटा लाग्नसक्छ । यो एक साधारण रोग हो । तर यसलाई लापरबाही भने गर्नु हुदैँन ।

कतिपय अवस्थामा रिँगटा लाग्नु गम्भीर रोगको संकेत पनि हुनसक्छ । टाउको घुम्नु, शरीर हल्लिएको अनुभव हुनु, आँखाको अगाडि अँध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, उल्टी आउनु, कान बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन् । यदि यस्तोमा भएमा निम्न कुरामा ध्यान दिनु पर्दछ ।

– रिँगटा लाग्नासाथ तत्काल अनुकुल स्थान बनाएर अडेस लागेर बस्ने ।
– यदि सुत्दा असहज हुदैन वा वाकवाक लाग्दैन भने सुविधा अनुसार सुत्ने ।
– यदि निन्द्रा लाग्यो भने कसैलाई रेखदेखमा राखेर पर्याप्त निदाउने ।
– तत्काल पानीमा ग्लुकोज मिसाएर पिउने ।
– गर्मीको मौसममा अमलाको सर्वत पिउने वा चिसो पानी पिउने ।
– समयमा नै खाना खाने बानि बसाल्ने ।
– बिहान बेलुका एक गिलास दूध पिउने ।
– हलुका तवरले टाउकोमा बदामको तेलले मालिस गर्ने ।
– आँखा कमजोर छ भने चिकित्सकको परामर्शमा चस्मा लगाउने ।

तर,
– रक्सी, खैनी, लगायतका मादक पर्दाथको सेवन नगर्ने ।
– चिकित्सकले सुझाएको औषधी मात्र खाने ।
– यदि औषधी सेवनपछि रिँगटा लागेको भने तत्काल अस्पताल जाने ।
– अत्याधिक खाना नखाने ।
– कतै एक्लै घुम्न नजाने ।
– निकै अग्लो, अँध्यारो बाटोमा नहिँड्ने ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  २ : २२ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना