सिरानी मुनि तुलसीको पात राखेर सुतेमा नकारात्मक भावना नष्ट हुने विश्वास ! « Khabarhub

सिरानी मुनि तुलसीको पात राखेर सुतेमा नकारात्मक भावना नष्ट हुने विश्वास !


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीको प्रयोग मानव स्वास्थ्यका लागि पनि नकै लाभकारी मानिन्छ । विज्ञानले समेत तुलसीको फाइदाका बारेमा धेरै कुराहरु पुष्टि गरिसकेको छ ।

तुलसी धेरै रोगको औषधीका रुपमा पनि प्रयोग गरिन्छ । तुलसीले चिसो, रुघा खोकी र सास सम्बन्धि रागे लगायतमा औषधीका रुपमा प्रयोग गरिन्छ ।

तुलसीलाई धार्मिक क्षेत्रमा समेत विशेष रुपमा लिइन्छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ।

हरिशयनी एकादशीका दिन घरघरमा तुलसी रोपेर विशेष पूजा गरिन्छ ।  आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ।

यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ। तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्।

औषधिय गुणयुक्त तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ।

यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन। तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन्। मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ।

मलेरिया रोग उत्पन्न गर्ने वायुलाई नष्ट गर्न सक्ने शक्ति तुलसीमा भएको आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ।

शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ। यी बाहेक अन्य पनि धेरै छन् तुलसीका फाइदाहरु रहेका छन् ।

राति सुत्ने समयमा सिरानी मुनि तुलसीको पाँच पात राखेमा तपाइँको जीवनमा धेरै परिर्वतन आउन सक्ने धर्मशास्त्रीहरु बताउँछन् ।

रातको समय सिरानी मुनि राखेका तुलसीका पाँच पातले दिनभरको तनावलाई हटाउनेछ । यसको साथै दिमागले पनि शान्त भएर काम गर्ने विश्वास गरिन्छ । यस्तो गर्दा तपाइँभित्र भएको नकरात्मक शक्ति हटाउँनेछ र व्यापारमा पनि धेरै बढोत्तरीव हुने विश्वास गरिन्छ ।

तुलसीको पातले छाला सम्बन्धि समस्या पनि कम गर्छ । अनुहारमा भएको खिल निकालेर धेरै चमक दिन्छ । तुलसीको फुल र पातले महिलालाई हुने महिनावारी गडबडीको समस्या पनि हटाउँछ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ७ : ४८ बजे

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल

गाजा– हमासले शुक्रबार गाजा पट्टीको व्यवस्थापन र युद्धविराम सम्झौताको पहिलो

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक

अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौँ– बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना