काठमाडौंमा मात्र थपिए ३९४ कोरोना संक्रमित, २ को मृत्यु « Khabarhub

काठमाडौंमा मात्र थपिए ३९४ कोरोना संक्रमित, २ को मृत्यु


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिएका ४६४ कोरोना संक्रमितमध्ये काठमाडौंका मात्र ३९४ जना रहेको जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौंमा थप २ जनाको मृत्यु भएको छ । जसमा ८३ वर्षीय एक महिला र ६७ वर्षीय पुरुष रहेका छन् ।

मन्त्रालयका ललितपुरमा ३४ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि मंगलबार (हिजो) काठमाडौंमा ३०० जना कोरोना संक्रमित थपिएका थिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३३ हजार ८८२ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३०६ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : ०८ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब