यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका ७ जिल्ला « Khabarhub

यी हुन ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका ७ जिल्ला


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ७ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जनाएको छ । त्यसैगरी ५ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा सुनसरी, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देशी रहेका छन् ।

कोरोना संक्रमित नरहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा ,मुगु र हुम्ला रहेका छन् ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक-

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३३ हजार ८८२ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३०६ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ५ : ४३ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी