उपत्यकाको निषेधाज्ञा : बिहीबारदेखि सवारीसाधनमा जोरबिजोर, निश्चित समय पसल खोल्न पाइने « Khabarhub

उपत्यकाको निषेधाज्ञा : बिहीबारदेखि सवारीसाधनमा जोरबिजोर, निश्चित समय पसल खोल्न पाइने


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साताका लागि खुकुलो बनाइएको छ ।

बिहीबारदेखि लागू हुने गरी एक साताका लागि उपत्यकामा निषेधाज्ञा केही सहज गराइएको हो ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि नै लागू हुने गरी सवारीसाधनमा जोर बिजोर लागू गर्ने निर्णय गरेका छन् ।

यस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र पसल तथा व्यवसाय पनि निश्चित समय सञ्चालन गर्न दिने निर्णय भएको छ  । तर, काठमाडौँ उपत्यका प्रवेशमा भने अझ कडाइ गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

‘हामीले प्रतिबन्ध केही खुकुलो बनाउने निर्णय गरेका छौँ, विस्तृत विवरण केहीबेरमा प्रकाशित हुन्छ,’ उनले भने ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि गत भदौ ३ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा लम्बिदै गएपछि अवज्ञा गर्ने क्रम बढेको थियो । यही बीचमा व्यवसायीहरूले निषेधाज्ञा हटाउन माग गर्दै आएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ६ : १५ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र