काठमाडौँमा बिहीबारदेखि सवारीसाधनमा जोरबिजोर, साताको तीन दिन पसल खोल्न पाइने (विस्तृतमा) « Khabarhub

काठमाडौँमा बिहीबारदेखि सवारीसाधनमा जोरबिजोर, साताको तीन दिन पसल खोल्न पाइने (विस्तृतमा)


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साताका लागि खुकुलो बनाइएको छ ।

बिहीबारदेखि लागू हुने गरी एक साताका लागि उपत्यकामा निषेधाज्ञा केहि सहज गराइएको हो ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि नै लागू हुने गरी सवारीसाधनमा जोर बिजोर लागू गर्ने निर्णय गरेका छन् ।

यस्तै १६ सिट क्षमता भन्दा माथिका सबै सार्वजनिक सवारी साधन सञ्चालका लागि पनि अनुमति दिइएको छ । तर, सवारीसाधनमा कुल सिट क्षमताको आधा मात्र यात्रु राख्न पाइने छ । यात्रुले अनिवार्य स्यानिटाइजर र मास्क लगाउनु पर्नेछ ।

सागसब्जी, दुध, माछामासुसँग सम्बन्धित पसल बिहान ११ बजेसम्म तथा बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइने भएको छ ।

निर्माण व्यवसाय र त्योसँग सम्बन्धित पसल तथा व्यवसायहरू दिउँसो २ देखि ७ बजेसम्म खोल्न पाइने भएको छ ।

यसअतिरिक्त कपडा पसल तथा सपिङ मलहरू भने सातामा तीन दिन सोमबार, बुधबार र शनिबार मात्र खुला गर्न दिइने जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको सूचनामा उल्लेख छ ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि गत भदौ ३ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा लम्बिदै गएपछि अवज्ञा गर्ने क्रम बढेको थियो । यही बीचमा व्यवसायीहरूले निषेधाज्ञा हटाउन माग गर्दै आएका थिए ।

यस्तो छ निषेधाज्ञाको पूर्ण विवरण

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ६ : ५८ बजे

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

कर्णाली– सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट- बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय