उच्चस्तरीय वार्तामार्फत नेपाल–भारत सम्बन्ध सुधार्न विज्ञहरूको सुझाव « Khabarhub

उच्चस्तरीय वार्तामार्फत नेपाल–भारत सम्बन्ध सुधार्न विज्ञहरूको सुझाव


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिसिएको नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरूले सुझाएका छन् । उनीहरूले नेपाल–भारत सिमानामा रहेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सैनिक फिर्ता पठाउनुपर्ने र दुई देशबीचमा भएको समस्यालाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

‘मित्रराष्ट्र भारतसँगको सम्बन्धको समस्याको प्रमुख जरो पत्ता लगाउनुपर्छ, उच्च कूटनीतिक पहलमार्फत दुई देशमा देखिएका समस्याको समाधान गर्न जरुरी छ, पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने, ‘सार्वभौमसत्ताको सिद्धान्त, पारस्परिक लाभ र साझा हितका निम्ति दुवै देशको हितअनुकूल काम गर्नुपर्छ ।’

उनका अनुसार नेपाललाई हेर्ने भारतको दृष्टिकोण सार्वभौमसत्तासम्पन्न मुलुकका रूपमा हुनसकेको छैन ।

‘इतिहासदेखि लादिएका सीमाको समस्या छ, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ, दुवै देशको आवश्यक चासोलाई मिलेर समाधान गर्नुपर्छ’, नेकपाका प्रवक्तासमेत रहेका  श्रेष्ठले भने, ‘सन् १९५० को सन्धिले दुई देशको सम्बन्धलाई परिभाषित गर्न खोजे पनि सार्वभौमसत्तासम्पन्न देशबीच असमान र कुण्ठित खालको छ, त्यो सन्धिलाई खारेज गरी नयाँ तरिकाले अघि बढनुपर्छ ।’

नेपाल–भारत सीमानामा रहेको भू-भाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या समाधानका सरकारले पटक–पटक भारतसँग वार्ताको प्रस्ताव राखिसकेको छ । नेपालले दुई देशबीचको समस्या समाधानका लागि पटक–पटक कूटनीतिक नोटसमेत भारतलाई पठाइसकेको छ ।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.मीनेन्द्र रिजालले नेपाल–भारत सम्बन्धमा अतिक्रमित भूभाग कसरी फिर्ता गर्ने भन्ने विषय मुख्य भएको बताए ।

चीनको उपस्थिति नेपालमा हुनुलाई भारतले अन्यथा लिन नहुने भन्दै उनले दुवै छिमेकी मुलुकप्रति नेपालको उत्तिकै सम्मान रहेको बताए ।

राप्रपाका नेता तथा पूर्वपराराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर भारतसँगको सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताए । ‘नेपालको सरकार र राज्य बलियो हुनुपर्छ, नेपालले भारत र चीनसँगको सम्बन्धमा दुवैलाई विश्वास दिलाएर लैजान सक्नुपर्छ’, उनले भने ।

नेपाल आन्तरिक रूपमा बलियो भए अरूले खेल्ने अवस्था नपाउने  पूर्वसचिव सूर्यनाथ उपाध्यायको भनाइ छ ।

‘भारतलाई देशमा प्रयोग गर्ने कुनै पनि ठाउँ दिन हुँदैन, उसले प्रशासन र गुप्तचर खटाउने काम गरेको छ’, पूर्वसचिव सूर्यनाथ उपाध्यायले भने, ‘नेपाल आन्तरिकरूपमा बलियो हुनुपर्छ र भारतलाई नेपालको कुनै पनि विषयमा हस्तक्षेप गर्नबाट रोक्नुपर्छ ।’

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ७ : ४५ बजे

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।