उच्चस्तरीय वार्तामार्फत नेपाल–भारत सम्बन्ध सुधार्न विज्ञहरूको सुझाव | Khabarhub Khabarhub

उच्चस्तरीय वार्तामार्फत नेपाल–भारत सम्बन्ध सुधार्न विज्ञहरूको सुझाव


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिसिएको नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरूले सुझाएका छन् । उनीहरूले नेपाल–भारत सिमानामा रहेको नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारतीय सैनिक फिर्ता पठाउनुपर्ने र दुई देशबीचमा भएको समस्यालाई कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

‘मित्रराष्ट्र भारतसँगको सम्बन्धको समस्याको प्रमुख जरो पत्ता लगाउनुपर्छ, उच्च कूटनीतिक पहलमार्फत दुई देशमा देखिएका समस्याको समाधान गर्न जरुरी छ, पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भने, ‘सार्वभौमसत्ताको सिद्धान्त, पारस्परिक लाभ र साझा हितका निम्ति दुवै देशको हितअनुकूल काम गर्नुपर्छ ।’

उनका अनुसार नेपाललाई हेर्ने भारतको दृष्टिकोण सार्वभौमसत्तासम्पन्न मुलुकका रूपमा हुनसकेको छैन ।

‘इतिहासदेखि लादिएका सीमाको समस्या छ, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्नुपर्छ, दुवै देशको आवश्यक चासोलाई मिलेर समाधान गर्नुपर्छ’, नेकपाका प्रवक्तासमेत रहेका  श्रेष्ठले भने, ‘सन् १९५० को सन्धिले दुई देशको सम्बन्धलाई परिभाषित गर्न खोजे पनि सार्वभौमसत्तासम्पन्न देशबीच असमान र कुण्ठित खालको छ, त्यो सन्धिलाई खारेज गरी नयाँ तरिकाले अघि बढनुपर्छ ।’

नेपाल–भारत सीमानामा रहेको भू-भाग लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या समाधानका सरकारले पटक–पटक भारतसँग वार्ताको प्रस्ताव राखिसकेको छ । नेपालले दुई देशबीचको समस्या समाधानका लागि पटक–पटक कूटनीतिक नोटसमेत भारतलाई पठाइसकेको छ ।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता डा.मीनेन्द्र रिजालले नेपाल–भारत सम्बन्धमा अतिक्रमित भूभाग कसरी फिर्ता गर्ने भन्ने विषय मुख्य भएको बताए ।

चीनको उपस्थिति नेपालमा हुनुलाई भारतले अन्यथा लिन नहुने भन्दै उनले दुवै छिमेकी मुलुकप्रति नेपालको उत्तिकै सम्मान रहेको बताए ।

राप्रपाका नेता तथा पूर्वपराराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर भारतसँगको सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताए । ‘नेपालको सरकार र राज्य बलियो हुनुपर्छ, नेपालले भारत र चीनसँगको सम्बन्धमा दुवैलाई विश्वास दिलाएर लैजान सक्नुपर्छ’, उनले भने ।

नेपाल आन्तरिक रूपमा बलियो भए अरूले खेल्ने अवस्था नपाउने  पूर्वसचिव सूर्यनाथ उपाध्यायको भनाइ छ ।

‘भारतलाई देशमा प्रयोग गर्ने कुनै पनि ठाउँ दिन हुँदैन, उसले प्रशासन र गुप्तचर खटाउने काम गरेको छ’, पूर्वसचिव सूर्यनाथ उपाध्यायले भने, ‘नेपाल आन्तरिकरूपमा बलियो हुनुपर्छ र भारतलाई नेपालको कुनै पनि विषयमा हस्तक्षेप गर्नबाट रोक्नुपर्छ ।’

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ७ : ४५ बजे

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत

रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा

विदेश उड्दाको आकाशदेखि फर्कदाको बाकससम्म बेथिति

नेपाल यस्तो देश हो, जसले युवा बेचेर उनीहरुले पठाएको विप्रेषणमा