कोरोना रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्यमन्त्री ढकाल नियमित काममा फर्किए « Khabarhub

कोरोना रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्यमन्त्री ढकाल नियमित काममा फर्किए


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्री भानुभक्त ढकालको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि नियमित कार्यमा फर्किएका छन्।

मन्त्री ढकालका प्रेस संयोजक माधव प्रसाद तिवारीका अनुसार मन्त्री ढकालको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

मन्त्री ढकालसँगै मन्त्री क्वाटरमै बस्दै आएका परिवारका एक सदस्यमा कोरोना पुष्टि भएपछि उनी भाद्र १९ गतेदेखि होम क्वारेन्टिनमा थिए ।

मन्त्री ढकाल र उनको परिवारका अन्य सदस्यहरुको मंगलबार स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो । मन्त्री ढकालसँगै कोरोना परीक्षण गरिएका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको तिवारीले बताए ।

कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि मन्त्री ढकाल मंगलबारदेखि नै नियमित कार्यमा फर्किएका छन् ।

मन्त्री ढकाल मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा मनोचिकित्सकसँगको बैठकमा पनि सहभागी भएका थिए । मन्त्री ढकालले बुधबार विश्व स्वास्थ्य संगठनको क्षेत्रीय समितिको दक्षिणपूर्वी एसियाको ७३ औं बैठकमा सम्बोधन पनि गरेका छन् ।

मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमै रहेर भर्चुअल रुपमा बैठकमा सम्बोधन गरेका हुन् ।

सो क्रममा उनले कोभिड–१९ को प्रतिकार्याका साथै अत्यावश्यक सेवा र जनस्वस्थ्यका गतिविधिहरुको भूमिका निर्वाहमा विश्व स्वास्थ्य संगठनका कर्मचारीले काम गरिरहेको बताए ।

उनले सन् २०१९ मा नेपालले हेपाटाइटिस बी नियन्त्रणको लक्ष्य हासिल गरेको, क्षयरोगका अन्त्यका लागि लागि नयाँ रणनितीक योजनाको विकास भइरहेको, पोलियो उन्मुलन, रुवेला नियन्त्रण, ट्रकोमा नियन्त्राण जस्ता उपलब्धिहरुलाई कायम राख्न सकिएको पनि बताए ।

मन्त्री ढकालले कोभिड–१९ माहामारीको प्रतिकार्यका लागि संघर्षरत रहेको भन्दै यसले मानव स्वास्थ्य मात्र नभइ सामाजिक, आर्थिक क्षेत्रहरुमा पनि व्यापक असर परेको बताए ।

उनले अग्रपंक्तिमा रहेर सेवा गरिरहेका स्वास्थ्यकर्मीलाई धन्यवाद पनि दिए ।

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ८ : २५ बजे

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।