कोरोना रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्यमन्त्री ढकाल नियमित काममा फर्किए | Khabarhub Khabarhub

कोरोना रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्यमन्त्री ढकाल नियमित काममा फर्किए


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्री भानुभक्त ढकालको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि नियमित कार्यमा फर्किएका छन्।

मन्त्री ढकालका प्रेस संयोजक माधव प्रसाद तिवारीका अनुसार मन्त्री ढकालको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

मन्त्री ढकालसँगै मन्त्री क्वाटरमै बस्दै आएका परिवारका एक सदस्यमा कोरोना पुष्टि भएपछि उनी भाद्र १९ गतेदेखि होम क्वारेन्टिनमा थिए ।

मन्त्री ढकाल र उनको परिवारका अन्य सदस्यहरुको मंगलबार स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो । मन्त्री ढकालसँगै कोरोना परीक्षण गरिएका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको तिवारीले बताए ।

कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि मन्त्री ढकाल मंगलबारदेखि नै नियमित कार्यमा फर्किएका छन् ।

मन्त्री ढकाल मंगलबार प्रधानमन्त्री निवास बालुवाटरमा मनोचिकित्सकसँगको बैठकमा पनि सहभागी भएका थिए । मन्त्री ढकालले बुधबार विश्व स्वास्थ्य संगठनको क्षेत्रीय समितिको दक्षिणपूर्वी एसियाको ७३ औं बैठकमा सम्बोधन पनि गरेका छन् ।

मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमै रहेर भर्चुअल रुपमा बैठकमा सम्बोधन गरेका हुन् ।

सो क्रममा उनले कोभिड–१९ को प्रतिकार्याका साथै अत्यावश्यक सेवा र जनस्वस्थ्यका गतिविधिहरुको भूमिका निर्वाहमा विश्व स्वास्थ्य संगठनका कर्मचारीले काम गरिरहेको बताए ।

उनले सन् २०१९ मा नेपालले हेपाटाइटिस बी नियन्त्रणको लक्ष्य हासिल गरेको, क्षयरोगका अन्त्यका लागि लागि नयाँ रणनितीक योजनाको विकास भइरहेको, पोलियो उन्मुलन, रुवेला नियन्त्रण, ट्रकोमा नियन्त्राण जस्ता उपलब्धिहरुलाई कायम राख्न सकिएको पनि बताए ।

मन्त्री ढकालले कोभिड–१९ माहामारीको प्रतिकार्यका लागि संघर्षरत रहेको भन्दै यसले मानव स्वास्थ्य मात्र नभइ सामाजिक, आर्थिक क्षेत्रहरुमा पनि व्यापक असर परेको बताए ।

उनले अग्रपंक्तिमा रहेर सेवा गरिरहेका स्वास्थ्यकर्मीलाई धन्यवाद पनि दिए ।

 

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ८ : २५ बजे

एन्फा महिला लिग : बागमती क्लब एपिएफसँग ७–० ले पराजित

काठमाडौं– एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल

डेङ्गी निदानमा कोभिड मोडल – घरमै उपचार !

बर्सेनि खासगरी पोस्ट मनसुन (मनसुन पछिको समय) मा डेङ्गी संक्रमणबारे

मुग्लिङ-काठमाडौं सडकको दर्जन ठाउँमा पहिरो, राजधानी जोड्ने मुख्य नाका ठप्प

काठमाडौं- शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक

चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको शुरुवात

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कमा आज ‘चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण विशेष

सहकारी डुबाएर फरार ढोरपाटनका मेयर दिल्लीबाट पक्राउ

काठमाडौं- सहकारी डुबेपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर