बागलुङ बाढीमा ज्यान गुमाउनेको संख्या २१ पुग्यो  « Khabarhub

बागलुङ बाढीमा ज्यान गुमाउनेको संख्या २१ पुग्यो 


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- गत भदौ १७ गते राति ढोरपाटनमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।

बाढीमा अझै १७ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बेपत्ता खोज्ने क्रममा आज एक महिला र एक पुरुषको शव बडिगाड गाउँपालिका–६ स्थित बडिगाड खोलामा फेला परेको उद्धारमा खटिनुभएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

यस्तै मङ्गलबार दुई महिलाको बडिगाड खोलामा शव फेला परेको थियो ।

बडिगाड गाउँपालिका ६ र ७ नम्बर वडाको बडिगाड खोला किनारामा २५ वर्षीया कुमारी विक र २५ वर्षीया चनी विकको शव फेला परेको थियो ।

आज फेला परेका दुई शवको पहिचान भने हुन सकेको छैन । शव बुर्तिवाङस्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ९ : ०२ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण