यस्तो छ स्थायी कमिटीमा पेस गर्ने ‘ओली–प्रचण्ड’को १५ बुँदे प्रस्ताव (पूर्ण पाठसहित) « Khabarhub

यस्तो छ स्थायी कमिटीमा पेस गर्ने ‘ओली–प्रचण्ड’को १५ बुँदे प्रस्ताव (पूर्ण पाठसहित)


२४ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा प्रस्तुत गर्न १५ बुँदे प्रस्ताव तयार गरेका छन् ।

बुधबार भएको दुई अध्यक्षबीच भेटवार्तापछि भदौ २६ गते बस्ने स्थायी कमिटीमा पेश गर्न उनीहरुले साझा प्रस्ताव तयार पारेका हुन् ।

अध्यक्षद्वयले कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई केही परिमार्जन गरेर प्रस्तावको रूपमा तयार पारेका हुन् । उक्त प्रस्ताव तयार गरेर अध्ययनका लागि स्थायी समिति सदस्यहरुलाई पठाएका छन् ।

प्रस्तावमा पार्टी एकताको महत्वलाई आत्मसात गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने, अध्यक्षद्धयको कार्यविभाजन तथा कार्यधिकारी स्पस्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्रलाई थप प्रभावकारी बनाउने उल्लेख छन् ।

यसैगरी कार्यदलले उठाएका विषयलाई थप परिभाषित, व्याख्या र प्रस्ट पारिएको छ ।

मन्त्रिपरिषद पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने उल्लेख छ ।

ओली–प्रचण्डले पेस गरेको प्रतिवेदनमा प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने भनेर ओलीको भूमिकालाई प्रष्ट बनाइएको छ ।

त्यस्तै अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने उल्लेख छ ।

त्यसैगरी एकताको राष्ट्रिय महाधिवेसन आयोजना गर्ने, सरकारकारको काम, संसदीय दलको भूमिका प्रभावकारी बनाउने, प्रदेश र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, सीमा समस्या र समाधान, कोभिड १९ महामारीको रोकथाम नियन्त्रण उपचार र आर्थिक पुनरुत्थान, बाढीपहिरो लगायत प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रकृयाका बाँकी काम, प्रतिष्ठानहरुको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने, एमसीसीबारे यसअघि कार्यदलले दिएको सुझावका आधारमा थप प्रस्ट पारिएको छ ।

यस्तो छ अध्यक्षद्वयले तयार पारेको प्रस्ताव

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १० : ०६ बजे

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

राँझा– नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता