कोरोना कहर : साउदीमा रोजगारी गुमाएका थप २ सय नेपाली अलपत्र « Khabarhub

कोरोना कहर : साउदीमा रोजगारी गुमाएका थप २ सय नेपाली अलपत्र



दोहा – कोरोना भाइरसको महामारी तथा विभिन्न कारणले पछिल्लो केहि दिन यता साउदी अरबमा नेपाली कामदारहरु अलपत्र पर्ने क्रम बढेको छ ।

नेपालमा अन्तराष्ट्रिय हवाई उडानमा रोक लगाएको तथा विदेशमा कोरोना लगायत अन्य विभिन्न कारणले रोजगारी गुमाएर विगत लामो समयसम्म कोठामा बस्नु परेकोले धेरै नेपाली अलपत्र परेका हुन् ।

साउदी अरवको रियादमा थप दुई सय नेपाली कामदार अलपत्र परेका छन् । रियादस्थित अल मवारिद सप्लाई कम्पनीमा कार्यरत नेपालीहरुले आफूहरु समस्यामा परेको भन्दै उद्धारको अपिल गरेका छन् ।

उनीहरुका अनुसार ७ महिनादेखि कोठामा बसेको तथा भिसा सकिएर एक्जिट लागेको समेत २ महिना भैसकेको तर, कम्पनीले घर पठाउनेबारे कुनै वास्था नगरेको बताएका छन् ।

साउदी अरवको रियादस्थित ति दुई कम्पनीमा काम गर्ने नेपालीहरुले आफूहरुको उद्धारमा दूतावासले पनि आवश्यक मद्धत नगरेको गुनासो गरेका छन् ।

कम्पनीले विगत ७ महिनादेखि आफूहरुलाई तलब सुविधा उपलब्ध नगराएको सोही कम्पनीमा कार्यरत सुमन नेपालले बताए ।

कम्पनीले टिकट महँगो भएको र साउदीस्थित नेपाली दूतावाससंग चार्टर्ड फ्लाईट अनुमति मागे पनि नदिएको कम्पनीले आफूहरुलाई बताउने गरेको उनले बताए ।

उनीहरुका अनुसार उडान महँगो भएको भनेपछि घरबाट पैसा मगाएर आधा पैसा समेत सबैले कम्पनी बुझाएको तर, पनि अहिलेसम्म कम्पनी पठाउने कुनै पहल नगरेको बताएका छन् ।

खाना राम्रो नभएको कारण धेरै साथीहरु बिरामी परेको जनाउदै अहिलेसम्म कसैले पनि उपचार नपाएको उनीहरुको भनाइ रहेको छ ।

रोजगारी गुमाएको पीडा त छँदैछ, अर्काेतिर सम्बन्धित दूतावासले पनि बेवास्ता गर्दा पीडामाथि पीडा थपिएको उनीहरु बताउँछन् ।

यता, साउदीको समास्को कम्पनीमा करिव १२ सय नेपाली कामदार महिनौंदेखि स्वदेश फिर्तीको पर्खाइमा विमान कुरिरहेकाहरुले स्वदेश फर्कन नपाएपछि, ‘केपी ओली, देश छोड’, ‘नेपाली दूतावास खारेज गर’  जस्ता नारा लगाएका थिए ।

नाराबाजी गरेकोबारे दूतावासमा बुझदा प्रमुख समस्या भनेकै उडान सङ्ख्या कम भएको कारण उनीहरु स्वदेश फर्किन नपाएर आक्रोशित भएको प्रतिक्रिया दिएको छ ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले स्वदेश फर्कन नपाएर आक्रोशित हुनु स्वाभाविक रहेको जनाउँदै आगामी सेप्टेम्बर १८ तारिखमा केहीलाई नेपाल पठाइने तथा बाँकी रहेकालाई पनि क्रमशः पठाउने तयारी भैरहेकाले जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ११ : १६ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल