रुघाखोकी र कोरोना संक्रमण कसरी चिन्ने ? « Khabarhub

रुघाखोकी र कोरोना संक्रमण कसरी चिन्ने ?


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसम परिवर्तन हुनेवित्तिकै सामान्यतया  मानव स्वास्थ्यमा त्यसको प्रभाव पर्छ।

एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन केही समय लाग्छ। यस्तो बेलामा शरीरको इम्युनिटी डिस्व्यालेन्स हुन्छ।

जसले गर्दा मानव स्वास्थ्यमा रुघाखोकी लगायत मौसमी संक्रमणको जोखिम बढ्छ। मौसम परिवर्तनसँगै मानिसलाई रुघाखोकीले सताइरहेको हुन्छ ।

सामान्य अवस्थामा लागेको रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन ? जनमानसमा द्विविधा हुन सक्छ । यसै बिषयमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे यस्तो सुझाव दिन्छन् :

अहिले मौसम परिवर्तनको समय हो । यो समयमा अधिकांशलाई रुघाखोकी लागिरहेको हुनसक्छ । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको वर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेहरु पनि धेरै हुनसक्छन् । तर कसरी थाहा पाउने ? यी लक्षणबारे जानकारी लिनुहोस्-

.मौसमी रुघा खोकीका लक्षण

नाक बन्द हुने
नाकबाट पानी आउने
हाँच्छ्यु आउने
शरीर दुख्ने
हल्का ज्वरो आउने
टाउको दुख्ने
शरीर दुख्ने
सामान्य उपचार तथा आरामले फाइदा गर्ने
छोटो समयमा निको हुने

कोरोना संक्रमणका लक्षण

सुख्खा खोकी लाग्ने
उच्च ज्वरो आउने
एकदम थकाइ लाग्ने
सास फेर्न गाह्रो हुने
स्वाद वा / र गन्ध थाहा नहुने
घाँटी खसखस गर्ने / बोलि परिवर्तन हुने
निको हुन १० दिन लाग्न सक्ने
खाना नरुच्ने
अक्सिजन / आइसीयुको उपचार आवश्यक पर्न सक्ने

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । तापक्रम, अक्सिजन हेरिरहने । आवश्यक परे पीसीआर परीक्षण गर्ने ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : २२ बजे

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग

लोकसेवा आयोगमा सरकारी हस्तक्षेपको आरोप लगाउँदै युवाको प्रदर्शन

काठमाडौं– लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौंमा

भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित

काठमाडौं– सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र

सुनसरीमा कर्फ्युबीच पनि सर्वसाधारणका घर तोडफोड र आगजनी

सुनसरी- स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच पनि सुनसरीमा सर्वसाधारणको घरमा आगजनी

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु