वल्डलिंक र फेसबुकबीच सहकार्य : ७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई राखिने « Khabarhub

वल्डलिंक र फेसबुकबीच सहकार्य : ७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई राखिने


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्टरनेट सेवा प्रदायक वल्डलिंक र फेसबुकबीच एक्सप्रेस वाईफाई सेवा सञ्चालनका लागि सहकार्यको घोषणा भएको छ ।

बिहीबार राजधानीमा आयोजित भर्चुअल कार्यक्रममार्फत कम्पनीद्वयले नेपालका ७ हजार ५०० सार्वजनिक स्थानहरुमा निःशुल्क एक्सप्रेस वाईफाई सेवा दिने गरी सहकार्यको घोषणा गरेका हुन् ।

उक्त सेवा बिहीबारबाटै लागू भएको इन्टरनेट प्रदायक कम्पनी वल्डलिंकले जनाएको छ । तर उक्त सेवा सार्वजनिक स्थानमा मात्र उपलब्ध हुनेछ ।

वल्डलिंक मार्फत उपलब्ध गराइने यस्तो वाईफाई सेवा उपभोग गर्नका लागि प्रयोगकर्ताहरुले उपलब्ध स्थानमा मोबाइल नम्बर राख्नुपर्नेछ र कोर्ड प्राप्त भएपछि रजिष्ट्रर गरेर वाईफाई सेवा उपभोग गर्न सकिने छ ।

यस्तो सेवा सञ्चालनका लागि फेसबुकले वल्डलिंकलाई आवश्यक पूर्वाधार सेवा उपलब्ध गराउने छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ११ : ०६ बजे

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी– गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६