प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी « Khabarhub

प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १-१ गोलको बराबरी खेलेका हुन् ।

खेलको १३औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलाई अग्रता दिलाए पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसक्दा लिभरपुल बराबरीमा रोकियो ।

सिटीका डिफेन्डर केली वाल्करले साडियो मानेलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

३१औँ मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए ।

घरेलु मैदानको बराबरीसँगै सिटीले ७ खेलमा १२ अंक जोडेको छ । सिटी लिगको ११औँ स्थानमा छ ।

बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको लिभरपुलले ८ खेलमा १७ अंक जोडेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : १८ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ