ट्रम्पकी पत्नी मेलानियाको प्रतिक्रियाले तरंग « Khabarhub

ट्रम्पकी पत्नी मेलानियाको प्रतिक्रियाले तरंग


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपतिको निर्वाचनमा बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले हार बेहोरेपछि उनलाई पत्नी मेलानिया ट्रम्पले पनि डिभोर्स दिन लागेको समाचारहरू सार्वजनिक भएका छन् ।

पराजित भएपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । उनले चुनाव चोरिएको र मरिसकेका व्यक्तिहरूको पनि भोट हालिएको दाबी गरेका छन् ।

उनी चुनावी हार सहजै स्वीकार्ने पक्षमा छैनन् । उनका पार्टीका पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले भने राष्ट्रपति निर्वाजित जो बाइडेनलाई बधाई दिँदै धाँधली नभएको बताएका छन् ।

ट्रम्पले भने मतदान प्रक्रिया र मतगणनाका विषयमा कानुनी लडाइँ सुरु गरेका छन् । उनले आफू अदालतमा जाने बताएका छन् ।

यता ट्रम्पकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्पले ट्रम्पलाई समर्थन गर्दै दिएको प्रतिक्रियाले तरंग ल्याएको छ । डिभोर्स दिन लागेको भनिएको मेलानियाले अमेरिकी नागरिक निष्पक्ष निर्वाचनको हकदार भएको बताउँदै प्रत्येक वैध भोटको गणना हुनुपर्ने तर अवैध भोट गणना गरिन नहुने धारणा राखेकी छिन् ।

मेलानियाले पूर्ण पारदर्शिताका साथ लोकतन्त्रको रक्षा गरिनुपर्ने दाबी गरेकी छिन् । ट्रम्पलाई समर्थन गर्दै यस्तो धारणा राखेपछि उनको डिभोर्स हुन लागेको समाचारमा सत्यता नरहेको अड्कल काट्न थालिएको छ ।

यसअघि अमेरिकाबाट प्रकाशन हुने डेलीमेलले ट्रम्प परिवारका पूर्व सहयोगीहरुलाई उद्धृत गर्दै मेलानियाको ट्रम्पसँग सम्बन्ध राम्रो नभएको र उनीहरु वैवाहिक सम्बन्ध टुङ्ग्याउने पक्षमा रहेको लेखेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ४ : ४३ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका