ओमानका नेपाली श्रमिकको सेवाका लागि दूतावासले घुम्ती सेवा सञ्चालन गर्दै « Khabarhub

ओमानका नेपाली श्रमिकको सेवाका लागि दूतावासले घुम्ती सेवा सञ्चालन गर्दै



दोहा- ओमानमा कार्यरत नेपाली श्रमिकहरुको सेवा तथा सुविधाको लागि नेपाली दूतावासले घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।

दूतावासका अनुसार आगामी पुष ३ गते अर्थात १८ डिसेम्बर शुक्रबारका दिन घुम्ती सेवा सञ्चालन गरी दोफार प्रशासनिक क्षेत्रमा रहेका नागरिकहरूलाई भिसा, राहदानी नवीकरण गर्ने जनाएको छ ।

यस्तै, गैर आवासीय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा लगायतका विविध अत्यावश्यक सेवाहरू प्रदान गर्ने कार्यक्रम गरिने हुँदा उक्त सेवा लिन इच्छुक महानुभावहरूले निम्न स्थानमा उपस्थित भई सेवा लिन सकिने दूतावासले जानकारी दिएको छ ।

माथि उल्लेखित सेवाहरू लिनको लागि चाहिने आवश्यक कागजातहरू र दस्तुर सम्बन्धी विवरण यस दूतावासको वेभसाइटमा राखिएको समेत जनाएको छ ।

स्थानः सलाला (उपयुक्त स्थान पछि तोकिने) जनाएको छ ।यस सम्बन्धि कुनै जिज्ञासा भएमा अनुप ढकाललाई ७१५९२४९० मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : ५८ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने