मिक्लाजुङमा ‘सर्च अपरेसन’ चलाउने सुरक्षा समितिको निर्णय « Khabarhub

मिक्लाजुङमा ‘सर्च अपरेसन’ चलाउने सुरक्षा समितिको निर्णय


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको मिक्लाजुङमा विप्लवका कार्यकर्ता खोज्न सर्च अपरेसन सुरु हुने भएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको पार्टीका कार्यकर्ताले हत्या गरेपछि जिल्ला सुरक्षा समितिको बैठकले घटनास्थल र आसपास क्षेत्रमा सर्च अपरेसन सञ्चालन गर्ने निर्णय गरेको छ ।

सुराकीको आरोपमा उनलाई सम्झाउन जाँदा हतियार लिएर प्रतिकार गर्न उत्रिएपछि उनको मृत्यु भएको विप्लव समूहको दाबी छ ।

मिक्लाजुङ धनकुटा र पाँचथर जिल्लाको सिमानामा पर्ने मोरङको दुर्गम पहाडी क्षेत्र हो । त्यहाँ पुग्न मोरङ टाँडीस्थित प्रहरी चौकीबाट चार घण्टा लाग्छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले त्यस क्षेत्रमा सर्च अपरेसन सुरु भएको जानकारी दिँए । घटनाबारे जानकारी दिँदै उनले भने, ‘धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको देखिएको छ । प्रहरी टोली घटनास्थल पुगिसकेकोले सर्च अपरेसन सुरु भईसकेको छ ।”

यो क्षेत्रबाट केहीअघि मोरङ प्रहरीका एसपी सन्तोष खड्काको नेतृत्वमा खटिएको प्रहरीको टोलीले विप्लवका दुईजना नेतालाई पक्राउ गरेको थियो ।  प्रहरीले इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय सनम भनिने विज्ञान राई र सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर २ का ३२ वर्षीय प्रतिक भनिने काषिनाथ घिमिरेलाई हतियारसहित पक्राउ गरेको थियो ।

सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पा मोरङको उर्लाबारीमा बन्दोवस्तीका सामान खरिद गर्न आएका बेला केहीअघि पक्राउ परेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ३४ बजे

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस