बाइडेनले भने– १०० दिनमा १० करोडलाई कोरोना भाइरसविरुद्धको खोप दिइनेछ « Khabarhub

बाइडेनले भने– १०० दिनमा १० करोडलाई कोरोना भाइरसविरुद्धको खोप दिइनेछ


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप प्रदान गर्ने लक्ष्य कायम गरेको बताएका छन् ।

आफ्नो कार्यकालको पहिलो महिना मै महामारी नियन्त्रणमा लिन नसक्ने तथार कोभिड–१९ को हालको अवस्थामा धेरै परिवर्तन आउने बाइडेनले बताए ।

आउँदो जनवरी २० मा सत्ता लिएपछि स्वास्थ्य सेवाको नेतृत्व लिने टिमको घोषणा गर्दै बाइडेनले पुनः अमेरिकीसँग आग्रह गरे ‘१०० दिन मास्क लगाउनु होला ।’

फाइजर/बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गर्ने तयारी गरेको छ ।

महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा एक करोड ५५ लाख ८७ हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् । यस्तै दुई लाख ९३ हजार भन्दा बढि अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ ।

बाइडेनले स्वास्थ्य मन्त्रीका रुपमा क्यालिफोर्नियाका महान्यायाधीवक्ता साबिएर बेकेरालाई प्रस्तावित गरेको घोषणा गर्दै बाइडेनले भनेका छन्, ‘मेरो कार्यकालको पहिलो १०० दिनले कोभिड–१९ भाइरसलाई अन्त्य गर्ने छैन, म त्यो वाचा गर्न सक्दिन । तर अवस्था सुधार हुनेछ ।’

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ७ : ५४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको