जाडोबाट बच्न कोठा न्यायो बनाउँदै हुनुहुन्छ ? सावधान ! « Khabarhub

जाडोबाट बच्न कोठा न्यायो बनाउँदै हुनुहुन्छ ? सावधान !


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले जाडोको मौसम चलिरहेको छ । यो समयमा जाडोबाट बच्न आफू सुत्ने कोठा न्यानो बनाएर सुत्ने बानी गर्नुभएको छ र तपाईको कोठामा हावा ओहोरदोहोर गर्ने भेन्टिलेटर छैन भने सबावधान !

नेपालका तपाई भेगका अधिकांश विपनन परिवारका मानिसहरु ओछ्यान नजिकै आगो बालेर समेत सुत्ने गर्छन् । तर यो मौसममा यि यस्ता आनीबानी र विद्युतिय उपकरण चलाउँदा निकै सावधानी र होशीयारी अपनाउनुपर्छ ।

अघिल्ला वर्ष यी यस्ता उपकरण र आगो बालेर सुतेका कारण केहि मानिसले मृत्युवरण गर्नुपरेको थियो । त्यसैले घरको कोठामा हावाको आवतजावत नहुने गरी ठप्पै पारेर राख्दा गुम्सीएर, निस्सासीएर, अक्सिजनको मात्रा नपुगेर मानिसको ज्यानै जान सक्छ । तसर्थ विज्ञले दिएका यी सुझावहरु हेरौँ ।

जाडोमा पानी तताउन बाथरुममा राखिएका ग्यास गिजर पनि अन भए नभएको कोठामा लिक भए नभएको जाँच्नुपर्दछ । गिजर र हिटर प्रयोग गर्दा उत्पन्न हुने आगोले बन्द कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बन डाइअक्साइडको मात्रा बढ्छ ।

यही क्रममा कार्बन मोनोअक्साइडसमेत बन्छ । रङ र गन्धहीन कार्बन मोनोअक्साइडका कारण मानिसको मृत्यु हुने गरेको छ । कतिपय यस्तो विषाक्तताका कारण उपचारका लागि धाइरहेका हुन्छन् । हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ । बालबालिका वृद्धवृद्धा विशेष अवस्थाका महिलालाई अझ बढी समस्या देखापर्छ ।

चिकित्सकका अनुसार राम्ररी हावा ओहोरदोहोर नहुने कोठामा दाउरा, गुइँठा, ग्यास, मट्टीतेल, बिजुली आदि कुनै पनि तरिका अपनाएर न्यानोका लागि आगो बाल्दा यसबाट निस्किने धूवाँमा कार्बन मोनोअक्साइड ग्याँस हुन्छ । जानकार परिवारका सदस्यले सबैलाई बुझाउनुपर्छ ।

चिकित्सकका अनुसार यस्ता दुर्घटनाबाट जोगिन ग्यास गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने, पाइपको माध्यमले तातो पानी बाथरूममा ल्याउने, सानो र हावा ओहोरदोहोर नहुने कोठामा आगो नबाल्ने, परिवारलाई यस्ता घटनाबारे जानकारी गराई सचेत गराउने, बालबालिका र वृद्धवृद्धाको लागि विशेष व्यवस्था गर्ने, यस्ता उपकरण भन्दा न्यानो लुगा कपडामा जोड दिने ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ९ : ५६ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर