ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु « Khabarhub

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ६:३० बजे लोथरबाट नारायणगढतर्फ आउँदै गरेको लु१ख ६५८१ नंको तेल बोकेको ट्याङ्करले ना४१प ९८६२ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते देवानको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ७:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्याङ्कर र चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ९ : ५८ बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने