भोलिदेखि भर्चुअल फेस्टिभल ‘किम्फ’ शुरु हुने « Khabarhub

भोलिदेखि भर्चुअल फेस्टिभल ‘किम्फ’ शुरु हुने


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा किम्फ (काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल) भोलि बिहिबारदेखि शुरु हुँदैछ ।

आयोजकका अनुसार अठारौं संस्करणको किम्फ चार दिनसम्म चल्नेछ । कोरोना भाइरसका कारण भर्चुअल फेस्टिभलको आयोजना गर्न लागिएको हो ।

यसवर्ष फेस्टिभलमा प्रदर्शन हुने फिल्म किम्फको आधिकारिक वेबसाइट www.kimff.org मार्फत् हेर्न सकिनेछ ।

आयोजकले जनाएअनुसार यसवर्ष विभिन्न १५ मुलुकका फिल्मकर्मीहरुले यसमा सहभागिता जनाएका छन् । यसमा १८ वटा चलचित्र प्रदर्शन गरिनेछ । यसैगरी नेपाल पानोरमा अन्तर्गत कथानक र वृत्तचित्र गरी १२ वटा फिल्म प्रदर्शन गरिनेछ ।

अघिल्ला वर्षमा झैं यस वर्ष पनि अन्तर्राष्ट्रिय चलचित्रमा पर्वतीय जनजीवन, पर्वतारोहण एवं साहसिक क्रीडाकर्म समेटिएका छन् । नेपाल पानोरामामा प्रतिभाशाली नेपाली फिल्मकर्मीहरू प्रस्तुति रहनेछ ।

भुटानी फिल्म निर्देशक खिन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ अफर अ लेडी विथ फ्याङ्गस अ मुस्ट्याच’को प्रदर्शनसँगै महोत्सव उद्घाटन गरिनेछ । यो फिल्म नेपालमा छायांकन गरिएको थियो । फेस्टिभलमा निर्देशक रिम्पोचेले भर्चुअल प्रवचन समेत दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १ : ०९ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु