विप्लव समूहविरूद्ध रणनीति तय गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक « Khabarhub

विप्लव समूहविरूद्ध रणनीति तय गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका आपराधिक गतिविधि बढेपछि आवश्यक रणनीति तय गर्न गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक बसेको छ ।

गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा सुरू भएको बैठकमा विप्लव समूहका गतिविधी समीक्षा गर्दै आवश्यक रणनीति तय गर्ने तयारी भएको छ ।

मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मंगलबार चन्द समूहले हत्या गरेपछि त्रास छाएको छ ।

बैठकमा प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी सहभागी छन् ।

२०७५ माघ २८ को मन्त्रिपरिषद् बैठकले विप्लव समूहका गतिविधिमा प्रतिबन्ध लगाएपछि विप्लव समूह भूमिगत छ ।

यही बेला राजतन्त्रको माग गर्दै प्रदर्शन पनि बढेको छ । गणतन्त्रका विरूद्ध तथा राजतन्त्रका पक्षमा प्रदर्शन भएपछि प्रधानमन्त्री ओलीले मंगलबार  नै सर्वदलीय बैठक पनि आह्वान गरेका थिए ।

चन्द समूह र राजावादीको गतिविधिका बारेका सुरक्षा प्रमुखहरुबाट आवश्यक ब्रिफिङ लिएपछि त्यही अनुसार कदम चाल्ने सरकारको तयारी छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ३ : १० बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ