काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा बुधबार झण्डै ४० अङ्कको गिरावट भएको छ ।
जलविद्युत् बाहेक अधिकांश समूहको शेयर ओरालो लागेपछि नेप्से ३९ दशमलव ६ अङ्कले घटेको हो । पछिल्लो गिरावटसँगै नेप्से १ हजार ९५५ दशमलव ७५ विन्दुमा पुगेको छ ।
बुधबार जीवन बीमा समूहको शेयर २ सय ७० अङ्कले, निर्जीवन बीमा कम्पनीको १ सय २५ अङ्कले, व्यापारको ९९, उत्पादनको ९८, होटलको ५९, अन्यको ४६ र बैंकिङ समूहको शेयर ३० अङ्कले घटेको छ ।
दुई सय एक कम्पनीका एक करोड आठ लाख २१ हजार कित्ता शेयर चार अर्ब ७४ करोड ५६ लाख रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया