नेप्सेमा ४० अंकको गिरावट | Khabarhub Khabarhub

नेप्सेमा ४० अंकको गिरावट


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा बुधबार झण्डै ४० अङ्कको गिरावट भएको छ ।

जलविद्युत् बाहेक अधिकांश समूहको शेयर ओरालो लागेपछि नेप्से ३९ दशमलव ६ अङ्कले घटेको हो । पछिल्लो गिरावटसँगै  नेप्से १ हजार ९५५ दशमलव ७५ विन्दुमा पुगेको छ ।

बुधबार जीवन बीमा समूहको शेयर २ सय ७० अङ्कले, निर्जीवन बीमा कम्पनीको १ सय २५ अङ्कले, व्यापारको ९९, उत्पादनको ९८, होटलको ५९, अन्यको ४६ र बैंकिङ समूहको शेयर ३० अङ्कले घटेको छ ।

दुई सय एक कम्पनीका एक करोड आठ लाख २१ हजार कित्ता शेयर चार अर्ब ७४ करोड ५६ लाख रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ५० बजे

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश

तनहुँ– तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना हुने भएको छ ।

भोलक्यानोजमाथि नेपाल ४ विकेटले विजयी : कुशल र दीपेन्द्रको अर्धशतक

काठमाडौं – विश्वकप अगाडिको पहिलो अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट

संस्कृति संरक्षाणका लागि मादल बजाउने तालिम

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षस्थानमा

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ

एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ– नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्