महानगर दिवसको अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गरिँदै « Khabarhub

महानगर दिवसको अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गरिँदै


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसरमा ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ।

आज बसेको २६ औं महानगर दिवस मूल समारोह समितिको बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगर दिवसका अवसरमा ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने, काठमाडौं महानगरपालिकाले गरिरहेका पूर्वाधार विकास, सम्पदा निर्माण–पुर्ननिर्माण, सेवा प्रवाहलगायतका सन्दर्भमा नागरिकको अभिमत लिने लगायत तयारी भइरहेको जानकारी दिए ।

‘कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विभिन्न प्रयास गरेका छौं। महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा यसअघि थुप्रै कार्यक्रम गर्दै आएको छ’, उनले भने, ‘रोग लागेपछि मात्रै उपचारका लागि अस्पताल जाने नभई रोग नै लाग्न नदिने वातावरण सिर्जना गर्न दक्ष चिकित्सकको टोलीसहित टोल टोलमै पुगेर मृगौला रोग लाग्नै नदिन अपनाउने उपायबारे जनचेतनामूलक कार्यक्रमसहितका अभियान सञ्चालनका लागि ‘मिर्गौला बचाऊ अभियान’ घोषणाको तयारी गरेको हो।’

महानगरपालिकाले भगिनी सम्बन्ध स्थापित गरेका नगरहरुले दिएका पीसीआर मेसिनलगायतका स्वास्थ्य सामग्री विभिन्‍न अस्पताललाई दिई स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पहल गरेको पनि स्मरण उनले स्मरण गराए।

महानगरपालिका संघीय राजधानीको समेत महानगरपालिका भएकोले देशभरबाट आएर बसोवास गर्ने सबैले स्तरीय सेवा प्राप्त गर्नुपर्छ भन्ने हेतुले अघि बढेको उनले जानकारी गराए। शाक्यले कोभिड-१९ अझै नियन्त्रणमा नआएकाले यो वर्ष राष्ट्रिय सभा गृहमा सीमित व्यक्तिहरुका बिच कार्यक्रम आयोजना गर्ने तयारी गरेको उनको भनाइ छ।

नागरिकको अभिमतका लागि तीन दिनसम्म महानगरका कालिमाटी चोक, कलंकी, बानेश्वर, कोटेश्वर, महाराजगञ्ज, बालाजु, बसन्तपुर, रत्नपार्क, न्युरोड, स्वयम्भू, पशुपति, लैनचौर, क्षेत्र पाटी, बागबजार, पुतलीसडक, त्रिपुरेश्वर, भाटभटेनी लगायतका विभिन्न ३० स्थानमा बुथ राख्ने तयारी महानगरपालिकाले गरेको छ।

महानगरपालिकाले परम्परागत बाजा गुरु सम्मान, सुशासन पत्रकारिता पुरस्कार जस्ता विगतका कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने बताएको छ। त्यसैगरी इन्द्र जात्रा सम्वन्धी ऐतिहासिक पुस्तक पनि विमोचनको गर्ने भएको छ। उत्कृष्ट वडा कार्यालय घोषणा र सम्मान कार्यक्रम पनि गर्ने भएको छ।

काठमाडौंका पहिलो जननिर्वाचित सभापति स्वर्गीय जनकमान श्रेष्ठका नाममा यस वर्ष २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई सुशासन पुरस्कार दिइनेछ। ४ जनाले पाउने यो पुरस्कार २ जना पुरुष २ जना महिलालाई प्रदान गरिने छ।

१९७६ पुष ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको हो । यस बर्ष २६ औं दिवसका कार्यक्रम सञ्चालन हुँदैछन् ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ८ : ३० बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी