कार दुर्घटना भारतीय नागरिकको मृत्यु « Khabarhub

कार दुर्घटना भारतीय नागरिकको मृत्यु


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनको आज बिहान हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो दुर्घटनाबाट भारत घर भएका अन्दाजी २४ वर्षीया गोपिकानन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी गरी दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार, उनीहरुमध्ये एक जना गम्भीर घाइते भएका छन् । उनीहरुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ९ : ५६ बजे

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली