रोनाल्डो हात्तीले वितण्डा मच्चाएपछि दाह्रा काटियो, रेडियो कलर जडान | Khabarhub Khabarhub

रोनाल्डो हात्तीले वितण्डा मच्चाएपछि दाह्रा काटियो, रेडियो कलर जडान


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने रोनाल्डो हात्तीमा रेडियो कलर जडान गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सो हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियोकलर जडान गर्नुका साथै दाह्रा काटिएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका चिकित्सक तथा प्राविधिकले रेडियो कलर जडान गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए ।

पछिल्लो दुई सातादेखि रोनाल्डोले भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ मा वितण्डा मच्चाएको थियो । रोनाल्डो भएको स्थान र त्यसको गतिविधि पत्ता लगाउन रेडियो कलर जडान गरिएको घिमिरेले बताए । रेडियो कलरमार्फत कसरास्थित निकुञ्जको कार्यालयबाटै हात्ती कहाँ कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ ।

“दाह्रा काटेपछि हात्तीले कमजोर महसुस गर्छ, जसले क्षति कम गर्छ”, उनले भने। दाह्रा काट्दा हात्तीको स्वास्थ्यमा कुनै असर नगर्ने र निकुञ्जमा पालिएका हात्तीको पनि काट्ने गरेको उनले बताए । गत वर्ष सौराहा क्षेत्रमा वितण्डा मच्चाएको रोनाल्डोले यस वर्ष मेघौली क्षेत्रमा दुःख दिएको हो ।

स्थानीयको केराखेती, घरमा भण्डार गरेर राखेको खाद्यान्न र घर गोठमा समेत क्षति पुर्‍याएको भरतपुर महानगरपालिका–२८ का वडाध्यक्ष आशबहादुर कुमालले बताए ।

उनले भने, “मानिसको समेत ज्यान लिने अवस्था आएको थियो, निकुञ्ज, महानगर र प्रशासनमा ‘डेलिगेसन’ गयौँ, बल्ल सुनुवाइ भयो ।” रेडियो कलर जडानपछि पनि अझै ढुक्क हुने अवस्था नरहेको उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जमा चारदेखि पाँच रैथाने जङ्गली हात्ती छन् । तिनीहरु एक्लाएक्लै हिँड्छन् । तिनै हात्तीले मानवीय बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेका छन् । नेपाल भारत आवतजावत गर्ने करिब ४० देखि ५० हात्ती निकुञ्जमा रहेको घिमिरेले जानकारी दिए ।

निकुञ्जले पालेका ५७ हात्ती छन् । यसअघि चितवन राष्ट्रिय निकुञ्जमा धु्रवे हात्तीलाई रेडियो कलर जडान गरिएको थियो ।

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट बर्सेनि धनजनको क्षति हुने गरेको छ । वर्षौंदेखि निकुञ्ज र बस्तीबीच व्यवस्थित तारबारको माग उठ्दै आएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १० : ४० बजे

भोजपुरको कोटमा प्रसूति भवन निर्माण

भोजपुर– भोजपुरको टेम्केमैयुङ– ६ को प्रयासमा २५ लाखको लागतमा कोटमा

एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित 

धनुषा– नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन्

कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष

कञ्चनपुर- कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको

बीपी राजमार्गको बेहाल (तस्बिरहरू)

काठमाडौं– गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले

सोनु निगम फेरि भाषा विवादमा, गरे मिडियाको खण्डन

काठमाडौं- बलिउड गायक सोनु निगम फेरि भाषिक विवादमा फसेका छन्