जनप्रतिनिधिबीचको रस्साकस्सीले गाउँपालिकाको सेवा प्रभावित | Khabarhub Khabarhub

जनप्रतिनिधिबीचको रस्साकस्सीले गाउँपालिकाको सेवा प्रभावित


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- जनप्रतिनिधिबीचको रस्साकस्सीले सम्सी गाउँपालिकाका सेवा प्रभावित भएका छन् । अध्यक्ष शेष फारुख र उपाध्यक्ष नगिना यादवको बेमेलले गाउँसभाका निर्णय कार्यान्वयन हुन नसक्दा गाउँ कार्यपालिकाको कार्यालय, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सबै सेवा प्रभावित भएका हुन् ।

अहिले गाउँ कार्यपालिकाको कार्यालयमा ताल्चा भुण्डिएको छ । घरधनी रामभरत रायले सहमतिअनुसार पछिल्ला छ महिनायताको घरभाडा नपाएको भन्दै गत बुधबार नै ताल्चा झुण्ड्याइदिएपछि कार्यालयबाट दिइने सेवा अवरुद्ध छ ।

गाउँपालिकाभित्रका चार माध्यमिक, तीन आधारभूत र तीन मदर्शा (उर्दु भाषाको पठनपाठन हुने विद्यालय) सहित १० विद्यालयका ६६ शिक्षक अहिले आन्दोलित भएका छन् ।

चालू आर्थिक वर्ष २०७६/७७ को प्रारम्भदेखिकै तलब भत्ता नपाइएपछि आफूहरु धर्नामा बस्नुपरेको नेपाल शिक्षक महासङ्घ गाउँपालिकाका अध्यक्ष रामबाबु यादव बताउँछन् । कार्यालय र विद्यालयसँगै गाउँपालिका क्षेत्रमा स्वास्थ्य सेवा पनि अस्तव्यस्त भएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले नयाँ (चालु) आर्थिक वर्ष प्रारम्भदेखिकै तलबभत्ता नपाएपछि काम गर्नसक्ने अवस्था नरहेको प्राथमिक स्वास्थ्य केन्द्र सम्सीका प्रमुख डा रविन मण्डलले बताए । ‘हामीले यसबारे जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छौँ’, डा मण्डलले भने, ‘तर समस्याले निकास पाएको छैन ।’

गाउँपालिकामा लामो समयदेखि कार्यपालिकाको बैठक र गाउँसभा हुन नसक्दा कुनै योजना छानिने, आर्थिक व्यवस्थापन गरिने र कार्यालय सञ्चालनका काम व्यवस्थित हुनसकेका छैनन् ।

पछिल्लोपटक गत मङ्सिर १९ गते भएको गाउँसभा पनि विवादित भएपछि गाउँपालिका थप अस्तव्यस्त बनेको छ । विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा भारतीय सीमावर्ती यो गाउँपालिकामा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार नै अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य निर्वाचित भएका हुन् ।

निर्वाचित भएयता अध्यक्ष र उपाध्यक्षमा आ–आफ्नो आग्रहअनुसार काम गर्ने चाहनाले सबै गतिविधि अस्तव्यस्त भएका सर्वसाधारणको टिप्पणी छ । यता गाउँपालिकाका उपाध्यक्ष यादव आफूले कुनै आग्रह/पूर्वाग्रह नपालेको बताए ।

‘अध्यक्षज्यूले लामो समयसम्म कार्यपालिका र गाउँसभा आयोजना गर्ने, छलफल गराउने तत्परता देखाउनु भएन, बल्लबल्ल गत मङ्सिर १९ गते गाउँसभा सम्पन्न भएको छ’, उपाध्यक्ष यादवले भने, ‘प्रक्रियासम्मत भएको गाउँसभा निर्णयलाई प्रमाणित गर्ने र कार्यान्वयन गर्ने तत्परता अध्यक्षज्यूमा अझै पलाएन ।’

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  १ : २५ बजे

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय

कोशी प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

विराटनगर – कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ