यो हो मोबाइलको डाटाबाट ल्यापटप र डेस्कटपमा इन्टरनेट चलाउने तरिका « Khabarhub

यो हो मोबाइलको डाटाबाट ल्यापटप र डेस्कटपमा इन्टरनेट चलाउने तरिका


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविधिको विकाससँगै इन्टरनेटविना मानिस एक क्षण पनि बस्न नसक्ने अवस्था बनेको छ । हामीले ल्यापटप तथा डेस्कटपमा कुनै महत्वपूर्ण काममा गरिरहेका बेला इन्टरनेट कनेक्सन टुट्यो, अब के भने के गर्ने भनेर तनावको अवस्था समेत आउने गर्छ ।

यस्तो समस्या आयो भने अब चिन्ता लिनु पर्दैन । मोबाइलको इन्टरनेट तपाईले आफ्नो ल्यापट तथा डेक्सटपमा समेत सहजै कनेक्सन गर्न सक्नुहुनेछ । जसले तपाईको अधूरो कामलाई पूरा गर्न मद्दत गर्नेछ ।

यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा तपाईको मोबाइलमा इन्टरनेट भने हुनैपर्छ । अहिले सवैको हात–हातमा मोबाइल हुने र ‘फोर जी’ समेत चल्ने हुँदा यो समस्या पनि हुँदैन । कथंकदाचित तपाइको घरमा रहेको इन्टरनेट कनेक्सन टुट्यो भने तपाईले आफ्नो मोबाइलको ‘डाटा’ अन गरेर मोबाइलमा चल्ने इन्टरनेट ल्यापटप तथा डेक्सटपमा सजिलै चलाउन सक्नुहुनेछ ।

कसरी चलाउने ?

ल्यापटपमा वाइफाइको सिग्नल हुने हुँदा सहजै कनेक्सन गर्न सक्नुहुन्छ । तर डेस्कटपका लागि भने वाइफाइको सिग्नल हुँदैन । जसका लागि तपाईले बजारबाट एउटा वाइफाइको ‘डिभाइस’ किन्नुपर्छ ।

‘पेनड्राइभ’ आकारको उक्त डिभाइस तपाईले सीपीयूमा ‘पेन ड्राइम’ घुसाउने ठाउँमा राखेर प्रोग्रामा इन्सटल गर्नुभयो भने डेक्सटपमा पनि वाइफाइको सिग्नल देखिन्छ । अब तपाईले तपाईले मोबाइलको इन्टरनेट सहजै र मन लागेको बेला कनेक्सन गर्न सक्नु हुनेछ ।

मोबाइलेको इन्टरनेट डेस्कटप र ल्यापटपमा कनेक्सन गर्नको लागि दुई तरिका छन् । जसमध्ये पहिलो तरिका हो– हटस्पट र दोस्रो तरिका– टीथरिंगको प्रयोग ।

हटस्पट

अचेल प्राय स्मार्ट फोनमा हटस्पटको सुविधा हुन्छ । तपाईले हटस्पट अन गर्ने वित्तिकै तपाईको मोबाइल इन्टरनेटको सिग्नल अन्य डिभाइसहरुमा पनि देखिन्छ । हटस्पटलाई तपाई सेक्यूरिटी राखेर अथवा फ्रि रुपमा पनि छाड्न सक्नुहुन्छ ।

हटस्पट अन गर्ने बित्तिकै अरु डिभाइसमा देखिएको तपाईको मोबाइलको सिग्नल डेक्सटप तथा ल्यापटपमा सहजै कनेक्सन गर्न सक्नुहुन्छ । हटस्पटको मद्धतले तपाई एक वा दुई वा त्यो भन्दा पनि धेरै ल्यापटप वा अन्य डिभाइसहरुमा इन्टरनेट जोड्न सक्नुहुनेछ। यो सजिलो तरिका हो ।

हटस्पट कसरी कनेक्सन गर्ने तरिका

–स्मार्टफोनको हटस्पट अप्सनमा जानुहोस्
– हटस्पट अन गर्नुस्
– ल्यापटप तथा डेक्सटपको वाईफाई अन गर्नुहोस्
– मोबाइलमा हटस्पट अन गर्दा देखिएको सिग्नलाई कनेक्ट गर्नुस् ।

नोटः– तपाईले हटस्पटमा पासवर्ड राख्नुभएको छ भने मोबाइ तथा डेस्कटपमा पासवर्ड माग्छ । मोबाइलमा हटस्पटमा राखिएको पासवर्ड राख्दा कनेक्ट हुन्छ । यदी तपाईले हटस्पटमा पासवर्ड राख्नुभएको छैन भने पासर्वर्ड विना नै मोबाइलको इन्टरनेट ल्यापटप तथा डेस्कटपमा कनेक्ट हुन्छ ।

दोस्रो तरिका भनेको टीथरिंगको मद्धतबाट हो । यस पनि तपाइले मोबाइलको इन्टरनेट डेस्कटप र ल्यापटपमा चलाउन सक्नुहुनेछ ।

टीथरिंगको प्रयोग

टीथरिंगको प्रयोग सामान्य फोनबाट पनि गर्न सकिन्छ । जसका लागि कम्प्युटरमा मिल्ने डाटा केबल आवश्यक पर्छ । टीथरिंगको भित्र तपाईँले दुईवटा अप्सन हुन्छ । एउटा ब्लूटूथ र दोस्रो यूएसबी केबल ।

यी दुवै तरिकाबाट तपाईले मोबाइलको इन्टरनेट चलाउन सक्नुहुनेछ । डाटा केबल अर्थात यूएसबी तारबाट आफ्नो ल्यापटप तथा डेस्कटपमा जोडेर इन्टरनेट चलाउन सक्नुहुनेछ । ब्लूटूथबाट इन्टरनेट चलाउन चाहानुहुन्छ भने मोबाइलमा भएको ब्लूटूथसँग ल्यापटप तथा डेस्कटपमामा भएको ब्लूटूथ पेयर गर्नुपर्छ ।

डाटा केबलद्वारा पीसी वा ल्यापटपमा इन्टरनेट चलाउनका लागि फोनमा डाटा केबल जोडेर त्यसलाई ल्यापटप तथा डेस्कटपमा जोड्न सक्नुहुनेछ । अनि मोबाइलको इन्टरनेट सहजै चलाउन सक्नुहुनेछ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ७ : १६ बजे

बल्खुमा भत्किएका संरचना प्राचीन होइनन् : पुरातत्व विभाग

काठमाडौं- काठमाडौंका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका

तिलगङ्गामा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै

काठमाडौं- काठमाडौं महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई

तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन

काठमाडौं- जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा