जनकपुर- प्रदेश २ सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आगामी माघ १ गते प्रदेश २ मा माघे संक्रान्तिको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको हो ।
प्रदेश मन्त्री परिषद्को बिहीबार बसेको बैठकले माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका उप सचिव टिकामणी न्यौपानेले जानकारी दिए ।
माघ १ गते बुधबार प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था लगायत शिक्षण संस्थाहरुमा समेत सार्वजनिक विदा दिने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
प्रतिक्रिया