आर्थिक संकटबाट गुज्रिएका लेबनानी बालबालिकालाई प्राथमिकता दिऔंः यूनिसेफ « Khabarhub

आर्थिक संकटबाट गुज्रिएका लेबनानी बालबालिकालाई प्राथमिकता दिऔंः यूनिसेफ


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरुत- संयुक्त राष्ट्रसंघ, बाल कोष (युनिसेफ) ले लेबनानमा जारी आर्थिक संकटकाबीचमा बालबालिकाहरूलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

युनिसेफले एक विज्ञप्ति जारी गरी भनेको छ, “लेबनानमा साना बालबालिकाहरूलाई आर्थिक सङ्कटको प्रभावबाट जोगाउन स्थानीय र अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज, निजी क्षेत्र र विभिन्न समाजले कडा परिश्रम गर्नुपर्छ ।”

विशेषगरी गरीब परिवारमा बस्ने बालबालिकाहरू आर्थिक गिरावटका कारण व्यापक चुनौतीहरूको सामना गरेका विज्ञप्तिमा उल्लेख छ ।

गरिबीले बालबालिकाको आहार, शिक्षा तथा स्वास्थ्यमा नकारात्मक प्रभाब पार्नुका साथै उनीहरूको मनोभावना तथा भावात्मक तथा सामाजिक परिपक्वतालाई असर गर्ने यूनिसेफको भनाइ छ ।

लेबनानमा पछिल्लो तीन दशकदेखि कायम राजनीतिक अस्थिरताका कारण केही वर्ष यता चरम आर्थिक सङ्कट देखिएको र स्थानीय तथा बहुर्राष्ट्रिय कम्पनीहरूमा समेत यसको प्रभाव पर्दा श्रमिकहरूले ठूलो सङ्ख्यामा रोजगारी गुमाइरहेका छन् ।

यसले कतिपय परिवारले आफ्ना बालबालिकालाई विद्यालय पठाउनसमेत छोडेका वा सस्तो विद्यालयको खोजीमा अत्यधिक भार भएका सार्वजनिक विद्यालयमा भर्ना गर्ने क्रम बढेको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ८ : ५४ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन