आर्थिक संकटबाट गुज्रिएका लेबनानी बालबालिकालाई प्राथमिकता दिऔंः यूनिसेफ « Khabarhub

आर्थिक संकटबाट गुज्रिएका लेबनानी बालबालिकालाई प्राथमिकता दिऔंः यूनिसेफ


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरुत- संयुक्त राष्ट्रसंघ, बाल कोष (युनिसेफ) ले लेबनानमा जारी आर्थिक संकटकाबीचमा बालबालिकाहरूलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

युनिसेफले एक विज्ञप्ति जारी गरी भनेको छ, “लेबनानमा साना बालबालिकाहरूलाई आर्थिक सङ्कटको प्रभावबाट जोगाउन स्थानीय र अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज, निजी क्षेत्र र विभिन्न समाजले कडा परिश्रम गर्नुपर्छ ।”

विशेषगरी गरीब परिवारमा बस्ने बालबालिकाहरू आर्थिक गिरावटका कारण व्यापक चुनौतीहरूको सामना गरेका विज्ञप्तिमा उल्लेख छ ।

गरिबीले बालबालिकाको आहार, शिक्षा तथा स्वास्थ्यमा नकारात्मक प्रभाब पार्नुका साथै उनीहरूको मनोभावना तथा भावात्मक तथा सामाजिक परिपक्वतालाई असर गर्ने यूनिसेफको भनाइ छ ।

लेबनानमा पछिल्लो तीन दशकदेखि कायम राजनीतिक अस्थिरताका कारण केही वर्ष यता चरम आर्थिक सङ्कट देखिएको र स्थानीय तथा बहुर्राष्ट्रिय कम्पनीहरूमा समेत यसको प्रभाव पर्दा श्रमिकहरूले ठूलो सङ्ख्यामा रोजगारी गुमाइरहेका छन् ।

यसले कतिपय परिवारले आफ्ना बालबालिकालाई विद्यालय पठाउनसमेत छोडेका वा सस्तो विद्यालयको खोजीमा अत्यधिक भार भएका सार्वजनिक विद्यालयमा भर्ना गर्ने क्रम बढेको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ८ : ५४ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन