युक्रेनी जहाज क्षेप्यास्त्रबाट खसालिएको अमेरिकी दावीको इरानद्वारा खण्डन « Khabarhub

युक्रेनी जहाज क्षेप्यास्त्रबाट खसालिएको अमेरिकी दावीको इरानद्वारा खण्डन


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले शुक्रबार राजधानी तेहरान नजिक दुर्घटना भएको युक्रेनी विमानलाई इरानद्वारा इराकतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रले खसालेको भन्ने अमेरिकी दावीको खण्डन गरेको छ ।

विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको भन्दै यसबारे अहिल्यै केही भन्न नसकिने तर अमेरिकालगायतका उसका सहयोगीहरूले दावी गरेजस्तो विमानमा इरानी क्षेप्यास्त्र लागेको भन्ने दावी ‘गलत’ रहेको इरानले बताएको हो ।

इरानको नागरिक उड्डयन संगठन, दुर्घटना विभागका प्रमुख हसन रजाइलाई उद्धृत गरिएको एक फरक रिपोर्टमा इरानले आफ्नो मेहरावाद अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्रयोगशालामा दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याकबक्स’ को अनुसन्धान शुरू गर्ने बताएको छ ।

यूक्रेनी विमान तेहरान नजिकै दुर्घटनाग्रस्त भएको थियो भने विमानमा यात्रा गरिरहेका १७६ जनाको घटनास्थलमा नैे मृत्यु भएको थियो ।

इराकमा रहेको अमेरिकी सैनिक शिविरहरूलाई लक्षित गरी इरानले हवाई आक्रमण गरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको थियो ।

तेहरानले विमान दुर्घटना हुनुको कारण प्राविधिक समस्या उल्लेख गरेको छ तर अमेरिका, बेलायत र क्यानाडाली अधिकारीहरूले युक्रेनी विमानलाई इरानले हानेको क्षेप्यास्त्रले खसालेको बताइएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ९ : ३० बजे

सर्वोच्चमा आगजनी प्रकरण : विष्णु ढुंगेललाई रिहा गर्न सरकारलाई क्रान्तिकारीको दबाब

काठमाडौं- अखिल क्रान्तिकारीले संगठनका नेता एवम् नेपाल ल क्याम्पसका पूर्वसभापति

पोखराले गुमायो चार विकेट, लगालग ब्याटर बाहिरिए

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

पोखराका कप्तान भुर्तेल डक आउट, गुम्यो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

जनकपुरले लियो पोखराको पहिलो विकेट, ६१ रनको साझेदोरी भंग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

प्रधानमन्त्रीले नै वर्षौँदेखि सार्वजनिक जग्गा मिचेको भेटियो

काठमाडौं– सुशासन र न्यायको पक्षधरका रुपमा खरो मिजासको पहिचान बनाएकी