मेस्सीको असिस्टमा बार्साको पुनरागमन जीत « Khabarhub

मेस्सीको असिस्टमा बार्साको पुनरागमन जीत


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस लिगमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ ।

आईतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३–२ गोल अन्तरले हराएको हो । क्लिमेन्ट लेन्जलेटले ७२ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाएका हुन् ।

खेलमा दुई पटक पछि परेको स्थितीलाई उल्ट्याउँदै बार्सिलोनाले जित दर्ता गरेको हो ।

सर्जियो क्यानाल्सले छैटौ मिनेटमा पेनाल्टीमा घरेलु टोली बेटिसलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटमै बार्सिलोनाका फ्रेन्की डी जोङले खेल बराबरीमा ल्याए ।

नबिल फेकिरको गोलसंगै घरेलु टोली पुन २६ औं मिनेटमा खेलमा अगाडी बढेको थियो । पहिलो हाफको ईन्जुरी समयमा बार्सिलोनाका सर्जियो बुस्केटले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

फेकिर ७६ औ मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेपछि बेटिस क्लब १० खेलाडीमा सिमित बनेको थियो । त्यसको तीन मिनेटपछि बार्साका लेन्जलेट समेत दोहोरो पहेलो कार्डका कारण मैदान छाडेका थिए ।

तनावपूर्ण खेलमा मेस्सीकै सहयोगमा विजयी गोल गर्दै बार्सिलोनाले तीन अंक हात पारेको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : १३ बजे

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो