हङकङमा चार दिनदेखि पानीजहाजमा बन्धक बनेका ३६ सय यात्रु कोरोनाको परिक्षणपछि मुक्त « Khabarhub

हङकङमा चार दिनदेखि पानीजहाजमा बन्धक बनेका ३६ सय यात्रु कोरोनाको परिक्षणपछि मुक्त


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  हङकङमा चार दिनसम्म पानीजहाजमा बन्धकजस्तो बनेका हजारौं मानिसहरूलाई कोरोनाभाइरसको परीक्षणपछि मुक्त गरिएको छ।

अघिल्लो यात्राका क्रममा केही कर्मचारीहरूमार्फत् कोरोना भाइरस पानीजहाजमा रहेकाहरुमा पनि सरेको हुनसक्ने आशङ्काका कारण  वर्ल्ड ड्रीम क्रुजका तीन हजार ६ सय यात्रु र चालक दललाई निगरानीमा राखिएको थियो।

जापानमा अर्को पानीजहाजमा कोरोनाभाइरसबाट सङ्क्रमित दर्जनौं भएको पुष्टि भएपछि निगरानीमा राखिएको छ।

चीनमा देखापरेको उक्त भाइरसको प्रकोपका कारण अहिलेसम्म ८ सय १३ जनाको मृत्यु भइसकेको छ।

यो सङ्ख्या यसअघि स्वासप्रश्वासमै समस्या देखिने सार्सले मारेको मानिसहरूको भन्दा बढी हो।

सन् २००३ मा सार्सका कारण दुई दर्जनभन्दा बढी देशमा गरी सात सय ७४ जनाको मृत्यु भएको थियो।

कोरोनाभाइरसको प्रकोप सुरु भएको चीनको हुबे प्रान्तमा मात्रै सात सय ८० जनाको ज्यान गइसकेको बीबीसीले जनाएको छ।

विश्वभर संक्रमित हुनेको सङ्ख्या ३४ हजार ८ सय भन्दा बढी पुगेको छ ।

कोरोनाभाइरसको संक्रमणको खतराका कारण चिनियाँ नयाँ वर्षदेखि नै बिदामा बसेका मानिसहरू अझै काममा फर्कन सकेका छैनन् ।

आवतजावतमा प्रतिबन्ध कायमै गरिएकाले उनिहरु घरमै बस्न बाध्य छन ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ६ : ५९ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा