ज्योतिष शास्त्रः जन्म बारअनुसार कुन पेशा अंङ्गाल्दा हुन्छ फलिफाप ? « Khabarhub

ज्योतिष शास्त्रः जन्म बारअनुसार कुन पेशा अंङ्गाल्दा हुन्छ फलिफाप ?


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ज्योतिष शास्त्रले मानिसको भूत, भविष्य र वर्तमानको विषयमा फलादेश गर्छ ।

शास्त्रमा विश्वास गर्ने हो भने मानिसको जन्मबारले पनि उसको दैनिक जीवनमा प्रभाव पारिरहेको हुन्छ । शास्त्र अनुसार कुन बारमा जन्मिएका मानिसले कस्तो पेशा/व्यवसाय गर्दा उसका लागि श्रीवृद्धि हुन्छ भन्ने विषयमा यहाँ केही जानकारी प्रस्तुत गरिएको छ ।

आइतबार: आइतबार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन् । यिनीहरुको २२ वर्ष पछि सफलताको बाटो खुल्ने शास्त्रले बताउँछ । धन लाभ गर्ने अवसर पाउने छन्। आइतबारका दिन जन्मिएका व्यक्तिहरुले मार्केटिंग तथा व्यवस्थापन क्षेत्रमा आफ्नो राम्रो छाप छोड्न सफल हुने भएकाले यिनीहरुले व्यापारमा ठूलो सफलता हासिल गर्न सक्छन।

सोमबार : सोमबार जन्मिने व्यक्तिको जीवनमा सुख-दुःख बराबर जस्तै हुन्छ । किनभने उनीहरुको ग्रह दशामा बलिया ग्रह र कमजोर ग्रहको बराबरी प्रभाव पर्ने जनाइन्छ । सोमबार जन्मिने व्यक्ति विध्वान, कला कुशल र बहादुर पनि हुन्छन् । यस दिन जन्मेका व्यक्तिहरुका लागि कृषि, बैंकिङ, चिकित्सा शिक्षा र निर्माण क्षेत्र उपयुक्त हुने शास्त्रले जनाउँछ।

मंगलबार: मंगलबार जन्म भएका व्यक्तिहरु निकै भाग्यशाली र धनवान हुने गर्छन। तर यस दिन जन्मेका महिलाहरु भने निकै कठोर प्रकृतिका हुने गर्छन्।

मंगलबार जन्म भएकाहरुका मिडिया र राजनीतिको क्षेत्र राम्रो छवि बनाउँन सक्छन् ।  यी क्षेत्रमा उनीहरुले आफ्नो राम्रो नाम र छाप राख्न सफल हुने भएकाले उनीहरुका लागि यही काम उपयुक्त हुने शास्त्रले जनाउँछ ।

बुधबार : यस दिन जन्मेका व्यक्तिहरु धर्म कर्ममा साथै आफ्नो काममा निकै चासो दिने भएकाले प्रशस्त धन सम्पति संचित गर्ने अवसर मिल्नेछ। बुधबार जन्मेका व्यक्तिहरुलाई व्यवस्थापन, अध्यापन, र राजनीतिको क्षेत्र राम्रो मानिन्छ । यिनीहरुले यस क्षेत्रबाट सजिलै आफ्नो भविष्य उज्जवल बनाउन सक्छन्।

बिहीबार: यस दिन जन्मिने मानिसहरु निकै विद्वान र पराक्रमी हुने गर्छन। बिहीबार जन्मेका व्यक्तिहरुलाई जुनसुकै पेश गर्दा पनि राम्रो हुने देखिन्छ तर हरेक कार्यमा संयमता भने अपनाउनुपर्ने हुन्छ । विशेष गरेर यी व्यक्तिका लागि शिक्षण पेशा फलदायी मानिने गर्छ।

शुक्रबार : यस दिन जन्मिले व्यक्तिहरु निकै रोमान्चक स्वभावका हुन्छ। शुक्र ग्रहको प्रभाव स्वरुप उनीहरुको मिठो स्वरले सबैको मन जित्न सफल हुने गर्छन। शुक्रबार जन्मेका व्यक्तिहरुका लागि डाक्टर, नर्स, मनोविज्ञान, शिक्षण तथा लेखन क्षेत्र उत्तम मानिन्छ।

शनिबार : शनिबार जन्म भएका प्राय: व्यक्तिहरु अर्काको नोकरी भन्दा पनि आफ्नै व्यापार व्यवसाय गर्न रुचाउने हुन्छन् । यिनीहरुको बाल्यकाल केही कष्टपूर्ण हुने भएपनि त्यसपश्चातको पुरै जीवन खुशी र सुखी बित्नेछ। यस दिन जन्म भएका व्यक्तिहरुलाई शिक्षा र घर जग्गाको क्षेत्रमा राम्रो हुने र अधिक धन लाभ गर्ने अवसर मिल्नेछ। यिनीहरु कलाकारिताको क्षेत्रमा पनि आफ्नो राम्रो पहिचान उच्च बनाउन सक्षम हुनेछन् ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ७ : ३४ बजे

पश्चिमी नेपालतर्फ सर्दै न्यूनचापीय प्रणाली : आगामी २-३ दिन उच्च सतर्कता अपनाउन विभागको अपिल

काठमाडौं– बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणालीका कारण विगत दुई दिनदेखि

काठमाडौं तथा भरतपुर जाने खण्डमा पहिरो : यातायात प्रभावित

दमौली– तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता

भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गा– लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री