विवाहमा बोलाइएका पाहुनाले ५ हजार तिर्नुपर्ने बेहुलीको शर्त ! « Khabarhub

विवाहमा बोलाइएका पाहुनाले ५ हजार तिर्नुपर्ने बेहुलीको शर्त !


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छरछिमेक वा कोही नातेदारको विवाह छ भन्ने बित्तिकै त्यसमा सहभागी हुन सबैलाई आतुर हुन्छ । अझ विवाह घरका मानिस आफन्त, छरछिमेक, साथिभाई तथा शुभेच्छुक सहभागी हुन भनेर दिल खोलेर निम्तो दिने गर्दछन् ।

विवाहमा सरिक भई धेरै भन्दा धेरै आफन्तले वरबधुलाई आर्शिवाद दिउन् भन्ने चाहना हुन्छ । यसका लागी विवाहको निम्तो दिन आफै पुग्ने देखि उपहार वा नगद नल्याउन समेत अनुरोध गरीन्छ ।

केहि हाइफाइ विवाहमा कार्डसंगै लिएर आउन निर्देश हुन्छ । तर कुनै विवाहमा सरिक भए बापत् शुल्क भने लाग्दैन । तर अमेरिकाको एक विवाहमा सरिक हुन प्रवेश शुल्क लागेको छ ।

२६ बर्षिय एक अमेरिकी युवतीले आफ्नो विवाहमा सरिक हुन निम्तालुसंग प्रवेश शुल्क लिएकि छन् । त्यो पनि साधारण शुल्क होइन, अमेरिकी ५० डलर अर्थात झण्डै ५ हजार ७ सय रुपैयाँ ।

बेहुलीको यस प्रकारको कदमका कारण अधिकाशं निम्तालु उनको विवाहमा सरिक हुन पुगेनन् । यतिमात्र होइन स्वयम् बेहुली कि बहिनी डैण्टि सीप पनि दिदीको विवाहमा गइनन् ।

उनले आफ्नो दिदीलाई निम्तालुबाट शुल्क नलिन सम्झाएकि थिइन् । उनले यस प्रकारको शर्तले निम्तालुको अपमान हुने बताएकि थिइन् । तर बेहुलीले यस प्रकारको सुझाव नमान्दै प्रवेश शुल्क लिन अडान लिइन् ।

आफ्नो विवाहमा आउनेसंग प्रवेश शुल्क लिनुको कारण बारे उनले विवाहमा खर्च भएको रकम असुली गर्ने र अतिथिलाई सन्तोषजनक भोजन गराउने उदेश्य रहेको बताएकि छन् ।

तथापी बेहुलीको यस प्रकारको निर्णयलाई लिएर धेरैले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । धेरैले सामाजिक सञ्जालमा विवाहको खर्च उठाउन नसक्ने भए ठाटका साथ विवाह गर्न नहुने तर्क गरेका छन् । आफै निम्ता गरेका निम्तालुसंग शुल्क लिनु गलत भएको र यो भद्या मजाक भएको धेरैको तर्क छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ८ : २९ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको