यू–१९ विश्वकप क्रिकेटको उपाधि पहिलो पटक बंगलादेशलाई « Khabarhub

यू–१९ विश्वकप क्रिकेटको उपाधि पहिलो पटक बंगलादेशलाई


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतलाई पराजित गर्दै बंगलादेशले पहिलो पटक आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

दक्षिण अफ्रिकाको पोचेफस्टरूममा आइतबार सम्मपन्न खेलमा भारतलाई डीएल (डकबर्थ लुईस) पद्दतिमा ३ विकेटले पराजित गर्दै बंगलादेशी युवा टोली पहिलो पटक विश्व च्याम्पियन बनेको हो ।

वर्षाको कारण ४६ ओभरमा झारिएको खेलमा भारतले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले ४२ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतले दिएको १ सय ७८ रनको लक्ष्यसहित बंगलादेशले ब्याटिङ गरिरहँदा वर्षाले खेल रोकिएपछि डीएल पद्दतिको आधारमा बंगलादेशले नयाँ लक्ष्य पाएको थियो ।

बंगलादेशलाई ऐतिहासिक उपाधि दिलाउन परभेज होसेनले ४७ रनको योगदान दिए भने कप्तान अकबर अलीले अविजित ४३ रन बनाए । भारतका रबि बिस्नोईले ४ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ४७ ओभर २ बलमा अलआउट हुँदै १ सय ७७ रनमा समेटिएको थियो ।  भारतका लागि भुपेन्द्र कुमार जैसवालले ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै तिलक वर्माले ३८ रन जोड्दा धुर्ब जुरेलले २२ रन बनाए ।

बंगलादेशका अभिषेक दासले ३ विकेट लिए । यस्तै सोरिफुल इस्लाम र हसन साकिबले २र२ विकेट लिए ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : १० बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक