यू–१९ विश्वकप क्रिकेटको उपाधि पहिलो पटक बंगलादेशलाई « Khabarhub

यू–१९ विश्वकप क्रिकेटको उपाधि पहिलो पटक बंगलादेशलाई


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतलाई पराजित गर्दै बंगलादेशले पहिलो पटक आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

दक्षिण अफ्रिकाको पोचेफस्टरूममा आइतबार सम्मपन्न खेलमा भारतलाई डीएल (डकबर्थ लुईस) पद्दतिमा ३ विकेटले पराजित गर्दै बंगलादेशी युवा टोली पहिलो पटक विश्व च्याम्पियन बनेको हो ।

वर्षाको कारण ४६ ओभरमा झारिएको खेलमा भारतले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले ४२ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतले दिएको १ सय ७८ रनको लक्ष्यसहित बंगलादेशले ब्याटिङ गरिरहँदा वर्षाले खेल रोकिएपछि डीएल पद्दतिको आधारमा बंगलादेशले नयाँ लक्ष्य पाएको थियो ।

बंगलादेशलाई ऐतिहासिक उपाधि दिलाउन परभेज होसेनले ४७ रनको योगदान दिए भने कप्तान अकबर अलीले अविजित ४३ रन बनाए । भारतका रबि बिस्नोईले ४ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ४७ ओभर २ बलमा अलआउट हुँदै १ सय ७७ रनमा समेटिएको थियो ।  भारतका लागि भुपेन्द्र कुमार जैसवालले ८८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै तिलक वर्माले ३८ रन जोड्दा धुर्ब जुरेलले २२ रन बनाए ।

बंगलादेशका अभिषेक दासले ३ विकेट लिए । यस्तै सोरिफुल इस्लाम र हसन साकिबले २र२ विकेट लिए ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : १० बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस