पाल्पा रामपुरका कृषक कागती खेतीतर्फ आकर्षित « Khabarhub

पाल्पा रामपुरका कृषक कागती खेतीतर्फ आकर्षित


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – अन्य वाली निर्वाहमुखीमात्र भएपछि पाल्पा रामपुरका कृषक कागती खेतीतर्फ आकर्षित भएका छन ।

धान, मकै, गहुँ लगायतका अन्नबाली उत्पादन हुने जग्गामा रामपुर ७ का दुई दर्जन भन्दा बढी कृषकले अन्वाली हुने जमिन कागती उत्पादनमा उपयोग गर्न थालेका छन ।

रामपुर नगरपालिका–७ बस्ने कृषक मनोरथ भट्टराईले कागती खेती शुरु गरेपछि बार्षीक १० लाख रुपैयाँसम्म आम्दानी गर्न थालेको बताए ।

अन्नबालीको तुलनामा कागतीखेतीले तेब्बर फाइदा दिएको भट्टराई बताउँछन । करिब सात रोपनी क्षेत्रफलमा ४ सय बोट लगाएका भट्टराईले भने ‘बजारमा कागतीको माग बढ्दो त माग धान्न मुस्किल भइरहेको छ ।’

चार वर्ष अघिदेखि कागती खेती शुरु गरेका भट्टराईले अरु १ सय बोट थप गरी ५ सय बोट कागती लगाउने योजना बनाएका छन ।

‘राम्रो स्याहार संरक्षण गरेपछि एक वटा बोटमा दुई हजार कागती उत्पादन लिन सकिन्छ, त्यसमा एक हजार फले पनि ५ सय बोटबाट वर्षमा कम्तीमा सजिलोसँग १० लाख त कमाउन सकिन्छ” भट्टराईले भने ।

वर्षमा ४० मुरी धान उत्पादन हुने खेतभरि अहिले कागती लगाएर उनले हरियाली बनाएका छन ।

रामपुर नगरपालिका कृषि शाखाले अनुदानमा कागतीका बिरुवा उपलब्ध गराउन थालेपछि कागती खेतीमा कृषकको आकर्षण बढ्दै गएको कृषि शाखा प्रमुख तथा सूचना अधिकारी रामप्रसाद पाण्डेयले जानकारी दिए ।

आर्थिक वर्ष २०७५/०७६ मा स्थानीय जातका तीन हजार ५ सय, सुन कागती एक हजार ५ सय

कागतीभित्र विभिन्न घुसुवा बाली लगाएर मनग्य आम्दानी लिन सकिने भएपछि कृषकहरु यसकाप्रति आकर्षित भएका हुन ।

बजारमा कागतीको मूल्य बढ्दो रहेको हुँदा अन्नबालीको तुलनामा यसबाट कृषकले राम्रो कमाई गर्न सक्नेछन् ।

 

 

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ३९ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार