ललितपुरमा पूर्व सचिवकी श्रीमतिको हत्या प्रयास, कामदारको शव झुन्डिएको अवस्थामा फेला « Khabarhub

ललितपुरमा पूर्व सचिवकी श्रीमतिको हत्या प्रयास, कामदारको शव झुन्डिएको अवस्थामा फेला


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जावलाखेल– नेपाल सरकारका सेवा निवृत्त एकजना सचिवकी श्रीमतीको ललितपुरमा हत्या *प्रयास  भएको छ ।

सेवा निवृत्त सचिव अर्जुन कार्कीको श्रीमतीको हत्या गर्ने उद्देश्यले आक्रमण भएको र अचेत अवस्थामा फेला पारी उपचारका लागि अस्पताल पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी उपरीक्षक दूर्गा सिंहले कार्कीकी श्रीमती मुना कार्कीलाई सानेपास्थित आफ्नै निवासमा रगतले लतपतिएको अवस्थामा फेला पारिएको बताइन् ।

यस्तै, घरमा काम गर्ने एकजना कामदारको पनि झुन्डिएको अवस्थामा शव फेला परेको एसपी सिंहले खबरहबलाई जानकारी दिइन् ।

‘पूर्वसचिव कार्की ज्यूकी श्रीमतीको हत्या *प्रयास भएको भन्ने सूचना आएपछि प्रहरीको टोली त्यहाँ पुगेको छ । अहिले घटनाको विषयमा अनुसन्धान चलिरहेको छ,’ एसपी सिंहले खबरहबसँग भनिन्, ‘घरमा काम गर्ने कामदार (विजय चौधरी)को पनि झुन्डिएको अवस्थामा शव फेला परेको छ ।’

घटनास्थलमा पुगेको प्रहरी टोलीलाई पूर्व सचिव कार्कीले आफू बिहान पूजाका लागि पशुपतिनाथ गएको र फर्केर आउँदा दुवै जनालाई विभत्स अवस्था भेटेको बताएका छन् ।

घटनाको विषयमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोलीले संयुक्त रुपमा अनुसन्धान थालेको छ ।


*महानगरीय प्रहरी परिसर ललितपुरले यसअघि घटनाको सम्बन्धमा दिएको जानकारीका कारण समाचारमा उल्लेखित विषयमा केही त्रुटी हुन गएकोमा सच्याइएको छ– सम्पादक

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ४३ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी